२०८३ बैशाख २० गते आइतवार

तपाईँको आजको राशिफल २०८१ मङ्सिर ६ गते बिहीबार



मेष राशि-प्रतिस्पर्धीहरू सल्बलाउनेछन्। परिश्रमअनुसार लाभ प्राप्त नहुँदा मन खिन्न हुन सक्छ। नकारात्मक विचारबाट बचेर कार्य गर्नुहोला। दाम्पत्य जीवनमा केही प्रभाव पर्न सक्छ। अल्छिपनाले गर्दा कार्यमा बाधा आउला। व्यवसायमा केही सफलता मिल्नेछ।

वृष राशि-समाजमा प्रतिष्ठा बढ्नेछ। विद्यार्थीका लागि आज उत्साहपूर्ण दिन रहेको छ। प्रतिस्पर्धामा सफलता मिल्नेछ। व्यवसायमा मनग्य आम्दानी हुनेछ। कार्यक्षेत्रमा नयाँ अवसरहरू प्राप्त हुनेछन्। दाम र नाम दुवै कमाउने अवसर मिल्नेछ। आर्थिक पक्ष मजबुत हुनाले मन हर्षित हुनेछ।

मिथुन राशि-कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुनेछ। आर्थिक पक्ष बलियो हुनेछ। शिक्षा क्षेत्रमा प्रगति हुनेछ। महत्वपूर्ण कार्यको जिम्मेवारी प्राप्त हुनेछ। वाणीमा मिठास बढ्नेछ। व्यवसायमा लाभ प्राप्त हुनेछ। आफूअनुकूल समय रहनाले कार्यसम्पादनमा सहजता छाउला।

कर्कट राशि-आत्तिएर कुनै पनि निर्णय नगर्नुहोला। दोधारपनले मन अलमलिन सक्छ। आर्थिक कारोबार गर्दा ख्याल राख्नुहोला। दिन सामान्य रहेको छ। व्यवसायिक सफलता मध्यम रहला। यात्रा गर्दा सतर्क रहनुहोला। पारिवारिक सुख प्राप्त हुनेछ। विद्यार्थीका लागि आज दिन शुभ रहेको छ।

सिंह राशि-पारिवारिक माहोल बन्नेछ। आर्थिक स्रोतहरू बढ्नेछन्। वैदेशिक कार्यहरू सुचारु हुनेछन्। मानसम्मान बढ्नेछ। बोल्दा अलि विचार गर्नुहोला। जग्गा-जमिनको कारोबारमा सफलता मिल्नेछ। विद्यार्थीका लागि प्रतिस्पर्धामा सफलता मिल्नेछ। शेयर बजारका लागि पनि आज शुभ दिन रहेको छ।

कन्या राशि-पारिवारिक माहोलमै खर्च हुनेछ। विद्यार्थीको बौद्धिक क्षमता वृद्धि हुनेछ। रचनात्मक क्षेत्रमा प्रगति हुनेछ। आत्मविश्वास बढ्नेछ। नोकरीमा केही शुभ समाचार प्राप्त हुनेछ। व्यवसायिक सफलता मिल्नेछ। धार्मिक तथा सामाजिक कार्यमा मन लाग्नेछ। दैनिक कार्यमा प्रगति हुनेछ। सेवामूलक कार्यमा सफलता मिल्नेछ।

तुला राशि-सामाजिक प्रतिष्ठा बढ्नेछ। कार्यक्षेत्रमा सहकर्मीको सहयोग प्राप्त हुनेछ। आज पुराना योजनाहरू सफल हुनेछन्। सामाजिक तथा धार्मिक कार्यमा सरिक भइनेछ। चिताएका कार्यहरू तीव्र रूपमा अघि बढ्नेछन्। विद्यार्थीका लागि आज शुभ दिन रहेको छ।

वृश्चिक राशि-आर्थिक वृद्धि हुनेछ। जोशजाँगर बढ्नेछ। व्यवसायमा सफलता मिल्नेछ। सामाजिक तथा धार्मिक कृत्यमा सहभागिता हुनेछ। विद्यार्थीका लागि आज महत्वपूर्ण दिन रहेको छ। सोचेअनुरूप काम बन्नाले मन प्रसन्न रहनेछ। स्वास्थ्य सुधारोन्मुख हुनेछ।

धनु राशि-रोकिएका कार्यहरू सुचारु हुनेछन्। व्यवसाय सोचेअनुरूप सफल हुने छैन। पारिवारिक स्वास्थ्यप्रति चिन्ता बढ्नेछ। अग्रजको सल्लाहमा गरिएको कार्यले सफलता प्राप्त हुनेछ। साझेदारीमा गरिएका कार्यले सार्थकता पाउनेछ। आज परिवारलाई समय दिनु उत्तम हुनेछ। आयर्जनका नयाँ-नयाँ बाटाहरू खुल्नेछन्।

मकर राशि-व्यवसायमा सफलता मिल्नेछ। साझेदारीमा सफलता प्राप्त हुनेछ। आर्थिक क्षेत्रमा सुधार हुनेछ। परिश्रमअनुसार लाभ प्राप्त हुनेछ। सामाजिक कार्यमा रुचि बढ्नेछ। कृषि क्षेत्र पनि सबल हुनेछ। राजनीतिक गतिविधिमा सहभागी भइनेछ। स्वास्थ्य सामान्य रहनेछ। विद्यार्थीका लागि आज शुभफलदायक हुनेछ। अनावश्यक खर्च हुनेछ।

कुम्भ राशि-आज दिन उत्साहपूर्ण हुनेछ। व्यवसायमा मनग्य आम्दानी बढ्नेछ। प्रतिस्पर्धामा जित हासिल हुनेछ। पारिवारिक हर्ष बढ्नेछ। सोचेअनुरूप कार्य बन्दै जानाले मन खुसी हुनेछ। जागिरमा रहनुभएको व्यक्तिका लागि स्थानान्तरणको सम्भावना रहेको छ। विद्यार्थीका लागि शुभफलदायक रहनेछ। अनावश्यक खर्चबाट बच्नुहोला।

मीन राशि-आज दिन मध्यम फलदायी रहला। कुनै पनि कुरामा हतारिएर निर्णय नगर्नुहोला। स्वास्थ्यमा ख्याल राख्नुपर्नेछ। कार्यसम्पादनमा कठिनाइ आउला। परिस्थिति अनुकूल हुने छैन। आफन्तसँग मनमुटाव हुन सक्छ, बोल्दा ख्याल गर्नुहोला। हिम्मतले कार्य गर्दा सफलता हात लाग्नेछ। परोपकारमा समय बित्नेछ। लगनशील भएर कार्य गर्दा नाफामुखी हुनेछ।

ज्योतिषाचार्य तथा वास्तु विद्: माधवा शर्मा
सचिव: नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र, तुलसीपुर, क लाइन, जेसिस चोक, दाङ।
९८४८०६०७९९

 

प्रकाशित मिति : २०८१ मङ्सिर ६ गते बिहिवार