दाङ, २९ मंसिर । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले स्वंयसेविकालाई सामाजिक संजालको अधिकतम प्रयोग गर्न आग्रह गर्नुभएको छ ।
उहाँले राष्ट्रिय स्वतन्त्र पाटीप्रति इंगित गरी कसै कसैले फेसबुकबाटै चुनाव जितेको समेत बताउनुभयो । उहाँले स्वयंसेविकालाई सामाजिक संजालको अधिकतम प्रयोग गर्न समेत आग्रह गर्नुभयो ।
नेपाल टेलिकमको मुख्य प्रयोजन, ग्लोबल ए टू जेड कन्सल्टेन्टको आयोजना एवं मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङको समन्वयमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई डिजीटल संचार सम्बन्धी अभिमुखिकरण कार्यक्रममा मन्त्री न्यौपानेले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुले भोगेको समस्या प्रति आफु गम्भिर रहेको बताउनुभयो ।
आफु यस विषयमा सकारात्मक रहेको बताउँदै उहाँले प्रदेशबाट पाउने सेवा सुविधामा वञ्चित नगराउका लागि आफुले पहल गर्ने बताउनुभयो । कार्यक्रममा घोराही उपमहानगरपालिका अन्र्तगतका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको सहभागिता रहेको थियो ।
त्यसअसरमा उनिहरुले आफुहरु विभिन्न सेवा सुविधाबाट वञ्चित हुँदै आएको भन्दै दुख व्यक्त गरेका थिए । सरकारले स्वास्थ्य स्वयंसेविकाहरुको कामको मूल्यांकन गर्न नसकेको गुनासो गरेका छन्। मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रका अध्यक्ष कमल गौतमको अध्यक्षता तथा लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
त्यसबसरमा कार्यक्रमका प्रमुख अतिथि न्यौपानेले कार्यक्रमको बारेमा जानकारी ग्लोबल ए टू जेड कन्सल्टेन्टका संयोजक प्रदीप मजगैयाले गराउनुभएको हो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका प्रमुख किशोर आचार्य, नेपाल टेलिकमका विजनेश अफिसर कृष्ण पौडेल, घोराही उप महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राधा पौडेल, नेपाल वान एच डिका अध्यक्ष मोनिका सिंह, नेपाल परिवार नियोजन सघंका निबर्तमान केन्द्रीय उपाध्यक्ष निर्मला गौतम, महिला स्वयसेवीका घोराही नगर अध्यक्ष विना खनाल , पत्रकार लक्ष्मी आचार्य लगाएतकाले मन्तव्य राख्नुभएको हो ।
कार्यक्रमको सहजिकरण मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रका सचिव माया पोख्रेलले गर्नुभएको हो ।

