२०८३ बैशाख २० गते आइतवार

तपाईँको आजको राशिफल २०८१ पुस ४ गते बिहिबार



मेष राशि – बाणिको प्रभावले आटेका कार्य सफल हुनेछन्। मिष्ठान्न भोजन प्राप्त होला। कार्यक्षेत्रमा नयाँ अवसरहरू प्राप्त होलान्। सामाजिक प्रतिष्ठा बढ्ला। दाम-नाम दुवै कमाउने अवसर मिल्नेछ। आफन्तसँगको भेटघाटले मनमा खुशी छाउला। अध्ययन अध्यापनका क्षेत्रमा रुचि बढ्ला। मन प्रसन्न हुनेछ।

वृष राशि – सामाजिक तथा राजनीतिक क्षेत्रमा रुचि बढ्नेछ। मान-सम्मान प्राप्त हुनेछ। नोकरीमा अधिकारीहरूको सहयोग मिल्नेछ। व्यवसायिक सफलता हुनेछ। चिताएका कार्यले तीव्रता पाउनेछन्। दिन प्रेमिल रहनेछ।

मिथुन राशि – शत्रुहरू सक्रिय रहनाले मनमा भय उत्पन्न होला। अलिक ध्यान दिएर कार्य गर्दा केही सफलता मिल्ला। दैनिक कार्य खर्चिलो रहनेछ। संघर्ष अनुसार सफलता नमिल्दा मन खिन्न हुनेछ। व्यक्तिगत जीवनमा सन्तुलन राख्न जरुरी छ।

कर्कट राशि – आत्मविश्वास बढ्नेछ। व्यवसायिक सफलता प्राप्त हुनेछ। धार्मिक तथा सामाजिक कार्यमा रुचि जाग्नेछ। दैनिक कार्यमा प्रगति हुनेछ। सेवामूलक कार्यमा सफलता मिल्नेछ। रचनात्मक कार्यमा सहभागिता हुनेछ। पारिवारिक सद्भाव बढ्नेछ। विद्यार्थीका लागि आजको दिन शुभ रहनेछ।

सिंह राशि – सामाजिक कार्यमा सहभागिता हुनेछ। चिताएका कार्य तीव्ररूपमा अघि बढ्नेछन्। मांगलिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। दाम, नाम, प्रतिष्ठा कमाउने बेला छ। नजिकका आफन्तहरूसँग भेटघाटमा समय बित्नेछ। विद्यार्थीका लागि आजको दिन शुभ रहनेछ।

कन्या राशि – कार्य सुरु गर्दा एकदम सोचविचार गरेर अघि बढ्दा राम्रो हुनेछ। कानुनी कार्यहरूमा सफलता मिल्नेछ। धैर्य गरेर काम गर्न सके उत्तम हुनेछ। आफन्तको सहयोगले कार्य सम्पादनमा सहजता हुनेछ। रोकिएका कार्यले गति लिनेछन्। धार्मिक कार्यमा रुचि बढ्नेछ। प्रतिस्पर्धामा सफलता मिल्नेछ।

तुला राशि – आज परिवारलाई समय दिनु राम्रो हुनेछ। सन्तानको चिन्ताले मन बेचैन हुन सक्छ। आय आर्जनका नयाँ बाटाहरू खुल्नेछन्। व्यवसायबाट मनग्य आम्दानी हुनेछ। दीर्घकालीन योजनाले सार्थकता पाउनेछ। मनोरञ्जनमा दिन बित्नेछ। साँझ अप्रत्याशित उपहार वा वस्तु प्राप्त हुनेछ। स्वास्थ्यमा ध्यान दिनुपर्छ।

वृश्चिक राशि – दाम्पत्य जीवनमा मिठास बढ्नेछ। सबै क्षेत्रबाट सफलता प्राप्त हुनेछ। खानपानमा खर्च बढ्नेछ। सामाजिक मान-सम्मान वृद्धि हुनेछ। वाणिको प्रभाव बढ्नेछ। साझेदारीमा गरिएको कार्यमा सफलता मिल्नेछ। विद्यार्थीका लागि विशेष लाभदायक दिन हुनेछ। नयाँ कार्यका योजनाहरू बन्नेछन्।

धनु राशि – अघिल्लो तुलनामा आज आर्थिक पक्ष बलियो हुनेछ। व्यवसायिक कार्यले सफलता मिल्नेछ। निर्णय गर्दा विशेष ध्यान दिनुहोला। स्वास्थ्यमा लापरबाही गर्दा समस्या झेल्नुपर्नेछ। मित्र सहयोगले आर्थिक तथा सामाजिक पक्ष बलियो हुनेछ।

मकर राशि – आम्दानीका स्रोतहरू बढ्नेछन्। आर्थिक लाभ प्राप्त हुनेछ। दिन शुभफलदायक रहनेछ। मित्र सहयोगले कार्य सम्पादनमा सहजता हुनेछ। शुभकार्यको चर्चा हुनेछ। व्यवसायमा सफलता मिल्नेछ। नयाँ कार्यका योजनाले मनमा आनन्द दिनेछ। बौद्धिक प्रतिस्पर्धामा सफल भइनेछ। स्वास्थ्य सवल रहनेछ।

कुम्भ राशि – आज सोचेजस्तो कार्य नहुँदा मनमा चिन्ता बढ्नेछ। आवश्यकता भन्दा बढी चुनौतीको सामना गर्नुपर्ला। यात्रा वा सवारीमा विशेष सजग रहनुहोस्। सामान चोरी वा हराउने सम्भावना छ। व्यवसायमा सोचेजस्तो सफलता नपाइने सम्भावना छ।

मीन राशि – सही समयमा सही निर्णय लिन सकिनेछ। हिम्मतले कार्य गर्दा सफलता हात पर्नेछ। ठूलो कार्य वा योजना अघि बढ्नेछ। परोपकारमा समय बित्नेछ। शुभ समाचार सुन्न पाइनेछ। मान, प्रतिष्ठा तथा पदवी प्राप्तिको दिन हुनेछ। तपाईँको क्षमताको कदर हुनेछ। व्यवसायमा सफलता मिल्नेछ। लगनशील भएर काम गर्दा नाफामुखी हुनेछ।

ज्योतिषाचार्य तथा वास्तु विद्: माधवा शर्मा
सचिव: नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र
तुलसीपुर, क-लाइन, जेसिस चोक, दाङ
९८४८०६०७९९

 

प्रकाशित मिति : २०८१ पुष ४ गते बिहिवार