२०८३ बैशाख २० गते आइतवार

तपाईंको आजकाे राशिफल २०८१ पुस ६ गते शनिबार



मेष राशि
प्रतिस्पर्दामा कमजोर वनिएला। सन्तानको स्वास्थ्यलाई लिएर चिन्ता वढ्ला। तर, न्यायिक कार्यमा सफलता मिल्ला। मन प्रफुल्ल रहला। साथीभाइ र ईष्टमित्रको सहयोगले मन प्रसन्न हुनेछ। सुखद् यात्रा हुनेछ।

वृष राशि
नयाँ-नयाँ कार्यका अवसरहरू प्राप्त हुनेछन्। हर्ष, उल्लास छाउला। व्यवसाय राम्रो रहनेछ। तपाईँको कार्यको प्रसंसा वढ्नेछ। वाणीमा मधुरता छाउनेछ।

मिथुन राशि
अधुरा कार्यहरू पुन: सुचारु होलान्। आर्थिक उन्नति होला। घुमफिर र रमाइलो छोटो यात्रा हुनेछ। बौद्धिकता वृद्धि हुनेछ। एउटै कामद्वारा दोहोरो लाभ उठाउन सकिनेछ।

कर्कट राशि
आर्थिक भारले मन खिन्न हुनेछ। काममा ढिला सुस्ती हुनेछ। हतारमा गरिएको निर्णयले मन दुखी वनाउला। स्वास्थ्यमा भने अलिक ध्यान दिनु पर्ला। अपराह्नपछि समय सुधार होला।

सिंह राशि
दिन रमाइलो संग बित्नेछ। प्रेमी–प्रेमिका बीच सुमधुर सम्बन्ध कायम होला। पारिवारिक सद्भाव वढ्ला। वित्तीय संस्थाबाट सहयोग प्राप्त होला। तपाईँको क्षमताको कदर हुनेछ।

कन्या राशि
इच्छित कामना पूर्ण हुनेछन्। आज तपाईँको आत्मविश्वास उच्च हुनेछ। पारिवारिक प्रेम वढ्नेछ। रोकिएका कार्यहरूले तीव्रता पाउनेछ। मन प्रसन्न हुनेछ।

तुला राशि
आर्थिक क्षेत्रमा अनिश्चितता रहन सक्छ। धैर्यताले कार्य सम्पादनमा सहयोग हुनेछ। लगनशीलताको कमी होला। धार्मिक कृत्यमा सरिक भइएला। दिन प्रेमिल हुनेछ। यात्रा गर्दा सजग रहनु पर्ला।

वृश्चिक राशि
साहसिक निर्णयले कार्य सफल हुनेछन्। अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्नेछ। सामान हराउने वा चोरी हुने सम्भावना छ, विशेष ख्याल राख्नु होला। झमेलामा पर्न सकिन्छ, सावधान रहनु होला।

धनु राशि
धर्मकर्ममा मन जाला। सामाजिक कार्यमा रुचि वढ्नेछ। चिताएका कार्यले तीव्रता प्राप्त गर्ला। आफन्तसँगको भेटघाटले मन प्रसन्न हुनेछ। यात्राको योग रहेको छ।

मकर राशि
धार्मिक कर्ममा मन जाला। बौद्धिक कार्यमा सफलता मिल्नेछ। आत्मविश्वास र साहसिक निर्णयले जीवनमा परिवर्तन ल्याउनेछ। जीवनसाथीसँग गरिएको निर्णयले सफलता पाउनेछ। स्वास्थ्यमा भने ख्याल राख्नु पर्ला।

कुम्भ राशि
सामाजिक एवं व्यवसायिक क्षेत्रमा नयाँ अवसर प्राप्त हुनेछन्। अधुरा र लामो समयदेखि रोकिएका कार्य पुन: सुचारु हुनेछन्। आर्थिक पक्ष बलियो हुनेछ।

मीन राशि
सानातिना कार्यमा अल्झिनु पर्नेछ। पारिवारिक सद्भावमा मिठास आउला। प्रेमी-प्रेमिका बीच केही दरार आउन सक्ला। स्वास्थ्यमा ख्याल राख्नु पर्ला। स्वादिष्ट भोजन प्राप्त होला।

माधवा शर्मा -ज्योतिषाचार्य तथा वास्तुविद्
सचिव – नेपाल ज्योतिष परिषद्, लुम्बिनीब प्रदेश
९८४८०६०७९९

 

प्रकाशित मिति : २०८१ पुष ६ गते शनिवार