२०८३ बैशाख २० गते आइतवार

तपाईँको आजको राशिफल २०८१ पुष ११ गते बिहीबार



मेष राशि

प्रतिस्पर्धामा कमजोर बन्ने सम्भावना छ, तर न्यायिक कार्यमा सफलता मिल्नेछ। मन प्रफुल्ल हुनेछ। साथीभाइ र ईष्टमित्रको सहयोगले मन प्रसन्न हुनेछ। सुखद यात्रा हुनेछ।

वृष राशि

नयाँ-नयाँ कार्यका अवसरहरू प्राप्त हुनेछन्। हर्ष र उल्लासले दिन रमाइलो हुनेछ। व्यवसाय राम्रो रहनेछ। तपाईंको कार्यको प्रशंसा बढ्नेछ। वाणीमा मधुरता छाउनेछ।

मिथुन राशि

अधुरा कार्य पुनः सुचारु हुनेछन्। आर्थिक उन्नति हुनेछ। घुमफिर र रमाइलो छोटो यात्रा हुनेछ। बौद्धिकतामा वृद्धि हुनेछ। एउटै कामबाट दोहोरो लाभ लिन सकिनेछ।

कर्कट राशि

आर्थिक भारले मन खिन्न हुनेछ। काममा ढिलासुस्ती हुनेछ। हतारमा गरिएको निर्णयले मन दुःखी बनाउन सक्छ। स्वास्थ्यमा ध्यान दिनु पर्नेछ। अपराह्नपछि समय सुधार हुने सम्भावना छ।

सिंह राशि

दिन रमाइलोसँग बित्नेछ। प्रेमी-प्रेमिकाबीच सुमधुर सम्बन्ध कायम हुनेछ। पारिवारिक सद्भाव बढ्नेछ। वित्तीय संस्थाबाट सहयोग प्राप्त हुने सम्भावना छ। तपाईंको क्षमताको कदर हुनेछ।

कन्या राशि

इच्छित कामना पूर्ण हुनेछन्। आज तपाईंको आत्मविश्वास उच्च रहनेछ। पारिवारिक प्रेम बढ्नेछ। रोकिएका कार्यहरू तीव्रता पाउनेछन्। मन प्रसन्न हुनेछ।

तुला राशि

आर्थिक क्षेत्रमा केही अनिश्चितता रहन सक्छ। धैर्यताले कार्य सम्पादनमा सहयोग पुग्नेछ। लगनशीलताको कमी हुन सक्छ। धार्मिक कृत्यमा सहभागी भइनेछ। दिन प्रेमिल रहनेछ। यात्रा गर्दा सजग रहनु पर्छ।

वृश्चिक राशि

साहसिक निर्णयले कार्य सफल हुनेछन्। अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्नेछ। सामान हराउने वा चोरी हुने सम्भावना छ, विशेष ध्यान दिनुहोला। झमेलामा पर्ने सम्भावना भएकाले सतर्क रहनुहोस्।

धनु राशि

धर्मकर्ममा रुचि बढ्नेछ। सामाजिक कार्यमा पनि सक्रियता रहनेछ। चिताएका कार्यले तीव्रता पाउनेछन्। आफन्तहरूसँगको भेटघाटले मन प्रसन्न हुनेछ। यात्राको योग छ।

मकर राशि

धार्मिक कर्ममा मन जाला। बौद्धिक कार्यमा सफलता मिल्नेछ। आत्मविश्वास र साहसिक निर्णयले जीवनमा परिवर्तन ल्याउनेछ। जीवनसाथीसँग मिलेर गरिएका निर्णयले सफलता पाउनेछन्। स्वास्थ्यमा ख्याल गर्न आवश्यक छ।

कुम्भ राशि

सामाजिक तथा व्यावसायिक क्षेत्रमा नयाँ अवसरहरू प्राप्त हुनेछन्। अधुरा र लामो समयदेखि रोकिएका कार्यहरू पुनः सुचारु हुनेछन्। आर्थिक पक्ष बलियो हुनेछ।

मीन राशि

सानातिना कार्यमा अल्झिनु पर्नेछ। पारिवारिक सद्भावमा मिठास आउनेछ। प्रेमी-प्रेमिकाबीच केही दरार उत्पन्न हुन सक्छ। स्वास्थ्यमा ख्याल गर्नु पर्छ। स्वादिष्ट भोजनको आनन्द लिने अवसर मिल्नेछ।

 

प्रकाशित मिति : २०८१ पुष ११ गते बिहिवार