२०८३ बैशाख २० गते आइतवार

तपाईंको आजकाे राशिफल २०८१ पुस २२ गते साेमबार



मेष राशि
खुट्टा तान्नेहरू सल्बलाउनेछन्। पदिय मर्यादा राखेर कार्य गर्दा शुभ हुनेछ। मानसिक दबाब बढेको महसुस होला। आजको दिन मध्यम फलदायी रहनेछ। मनमा अनावश्यक चिन्ता उत्पन्न हुनेछ। स्वास्थ्यमा ख्याल राख्नु होला। धैर्यताले कार्य गर्दा सहजता हुनेछ।

वृष राशि
बन्धुबान्धवको सहयोगले कार्य सम्पादनमा सहजता हुनेछ। शुभ कार्यको चर्चा चल्नेछ। रोकिएका कार्यहरू पुनः सुचारु हुनेछन्। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कूटनीतिक सफलता मिल्नेछ। पारिवारिक जीवनमा भने मतभेद सिर्जना हुन सक्छ। स्वास्थ्यमा सजगता अपनाउनु होला।

मिथुन राशि
आज नयाँ कार्यका योजनाहरू बन्नेछन्। आफन्त र साथीभाइको सहयोग प्राप्त होला। आँटेका कार्यहरू पूरा हुनेछन्। मान–सम्मान वृद्धि होला। साथीभाइसँग रमाइलो भेटघाट हुनेछ। पारिवारिक सद्भाव बढ्नेछ। दिनको उत्तरार्धमा स्वास्थ्यमा खटपट हुन सक्छ।

कर्कट राशि
आफ्नो इच्छाअनुसार समय व्यतीत हुनेछ। आज कुनै पनि कुराले मनमा शान्ति छाउनेछ। सोचेअनुसार कार्य अघि बढ्नाले मनमा हर्ष छाउनेछ। आर्थिक लाभ हुनेछ। पारिवारिक जमघटले मन आनन्दित बनाउनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ।

सिंह राशि
आत्मबलमा कमी आउनाले मनमा द्विविधा उत्पन्न होला। नयाँ योजनाहरू कार्यान्वयनमा ल्याउन कडा मेहनत गर्नु पर्नेछ। खानपानमा ध्यान दिनुपर्नेछ। निर्णय गर्दा विशेष ख्याल गर्नु होला। अनावश्यक खर्च बढ्नेछ। स्वास्थ्यमा विशेष ख्याल राख्नु होला।

कन्या राशि
रोकिएका कार्यहरू पुनः सुचारु हुनेछन्। मनमा हर्ष छाउनेछ। व्यक्तिगत कार्यले तीव्रता पाउनेछ। मित्रबाट सहयोग प्राप्त हुनेछ। महत्वपूर्ण कार्यको थालनी हुनेछ। रोजगारका अवसर मिल्नेछन्। दैनिक कार्यमा सफलता मिल्नेछ। पेशा र व्यवसायमा आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव प्राप्त हुनेछ।

तुला राशि
आज बिना प्रतिस्पर्धा नै फाइदा हुने समय छ। सामाजिक कार्यमा सरिक भइनेछ। बौद्धिक विकास हुनेछ। पारिवारिक सुख प्राप्त हुनेछ। मनमा उत्साह र वाणीको प्रभाव बढ्ने समय रहेको छ। आज जोस, जाँगर र हिम्मत बढ्नेछ। गरेका कार्यहरूमा सफलता मिल्नेछ। सोचेअनुसार कार्यले तीव्रता पाउनेछ। नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ।

वृश्चिक राशि
सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ। पुनर्मिलनको योग रहेको छ। आँटेका कार्यहरू सफल हुनेछन्। प्रेम सम्बन्धमा सुधार हुनेछ। आर्थिक उन्नति हुनेछ। आफन्तजनसँगको भेटघाटले पारिवारिक सुमधुरता कायम हुनेछ।

धनु राशि
महत्वपूर्ण कार्यमा व्यवधान आउन सक्छ। आर्थिक समस्या उत्पन्न हुन सक्छ। मनमा भय उत्पन्न हुनेछ। सोचेअनुसार काम बन्न मुस्किल होला। नाक, कान र घाँटीको सामान्य समस्याले सताउन सक्छ। प्रेम सम्बन्धमा बाधा उत्पन्न हुन सक्छ। सजग रहनु होला।

मकर राशि
पारिवारिक सुख र शान्ति प्राप्त हुनेछ। अधुरा कार्य पुनः सुचारु हुनेछन्। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। मनमा शान्ति छाउनेछ। शुभ समाचार सुन्न पाइनेछ। आयआर्जनका स्रोतहरू बढ्नेछन्। व्यवसाय फस्टाउँदै जानेछ। पारिवारिक साथ प्राप्त हुनेछ। दिनको उत्तरार्धमा खर्च बढ्नेछ। स्वास्थ्यमा ख्याल गर्नु पर्नेछ।

कुम्भ राशि
जोस, जाँगर र हिम्मत बढ्नेछ। धर्मकर्म तथा सामाजिक कार्यमा मन जानेछ। दैनिक कार्यमा प्रगति हुनेछ। शुभ समाचार सुन्न पाइनेछ। रमाइलो यात्राको सम्भावना बढ्नेछ। धैर्य र लगनशीलताले अवसर प्रदान गर्नेछ। नयाँ अवसरहरू प्राप्त हुनेछन्। पारिवारिक सद्भाव मिल्नेछ। कुनै पनि कुराले भ्रममा पार्न सक्छ, चनाखो हुनु होला।

मीन राशि
विश्वास गरेका व्यक्तिबाट पूर्ण सहयोग प्राप्त हुनेछ। आज मनमा शान्ति मिल्नेछ। उत्साह र उमङ्गमा दिन बित्नेछ। प्रेमीको सहयोग प्राप्त हुनेछ। मिठो भोजन प्राप्त होला। शुभकर्मको चर्चा चल्नेछ। दिन आनन्दमय रहनेछ।

ज्योतिषाचार्य तथा वास्तु विद्: माधवा शर्मा
सचिव: नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र, तुलसीपुर, क-लाइन, जेसिस चोक, दाङ।
९८४८०६०७९९

 

प्रकाशित मिति : २०८१ पुष २२ गते सोमवार