मेष राशि:
समय अनुसार योजनाहरू बन्ने छन्। राजनीतिक सफलता मिल्नेछ। आर्थिक पक्ष बलियो हुनेछ। अतिथिको स्वागत सत्कार गर्नु पर्नेछ। व्यवसायिक सफलता मिल्नेछ। सम्मानयुक्त आतिथ्यता प्राप्त होला।
वृष राशि:
रोकिएका कार्यहरू पुनः सुचारु हुनेछन्। धार्मिक यात्रा हुनेछ। आर्थिक कारोबारमा सफलता मिल्नेछ। पारिवारिक साथले मन प्रसन्न हुनेछ। कूटनीतिक सफलता मिल्नेछ। व्यवसायमा मनग्य आम्दानी होला।
मिथुन राशि:
स्वास्थ्यमा समस्या आउन सक्छ। आर्थिक संकट आउन सक्छ। शरीरमा आलस्य छाउनेछ। व्यवसाय सोचेजस्तै सफल हुनेछैन। बोल्दा विचार गर्नुहोला। सामान चोरी हुने या हराउने सम्भावना छ।
कर्कट राशि:
महत्वपूर्ण कार्यको थालनी हुनेछ। शत्रु क्षय हुनेछन्। अधुरा कार्यहरू पूर्ण हुनेछन्। राज्यबाट सम्मान प्राप्त होला। वित्तीय संस्थाबाट फाइदा हुनेछ। कृषकहरूको लागि आज सफल दिन हुनेछ। मित्र सहयोगले कार्य सम्पन्न हुनेछ।
सिंह राशि:
रोजगारका अवसरहरू मिल्नेछन्। रोकिएका कार्यहरू पुनः सुचारु हुनेछन्। आफ्नै प्रयासमा कार्य सम्पादन हुनेछन्। दिन मध्यम फलदायी रहला। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्ला। दैनिक कार्यमा सफलता मिल्नेछ। बुद्धिको सही प्रयोगले कार्यमा सहजता आउला।
कन्या राशि:
केही उपहार प्राप्त हुने समय रहेको छ। गरेका कार्यहरूमा सफलता मिल्नेछ। सोचेजस्तै कार्यले तीव्रता पाउनेछ। आफन्तको साथ र सहयोगले सहजता छाउला। शेयर लगानीबाट लाभ मिल्नेछ।
तुला राशि:
सुख-दुःख, हाँसो-खुसी, लाभ-हानि बराबरी हुनेछ। आत्मबल बढाएर अघि बढ्नुपर्ने दिन छ। साना-मसिना कार्यमा अल्झिएर समय बित्नेछ। व्यवसायिक सफलता मिल्नेछ। पति-पत्नीबीच प्रेम बढ्नेछ।
वृश्चिक राशि:
कला तथा संगीतमा रुचि बढ्नेछ। आँटेका कार्यहरू पूर्ण हुनेछन्। धर्म-कर्ममा मन जानेछ। शुभ कर्मको चर्चा चल्नेछ। आज भाग्यले साथ दिनेछ। विभिन्न अवसरहरू प्राप्त हुनेछन्। पारिवारिक तथा मित्र सहयोगले सहजता हुनेछ।
धनु राशि:
धर्म-कर्म तथा सामाजिक कार्यमा रुचि बढ्नेछ। शुभ समाचार सुन्न पाइनेछ। धन तथा प्रतिष्ठा प्राप्त हुनेछ। आय-आर्जनका स्रोतहरू बढ्नेछन्। व्यवसाय फस्टाउँदै जानेछ। पारिवारिक साथ पाउनेछ। वाणीमा मिठास हुनेछ। कुटुम्ब वृद्धि हुनेछन्।
मकर राशि:
धैर्य र लगनशीलताले अवसरहरू प्रदान गर्नेछ। नयाँ अवसरहरू प्राप्त हुनेछन्। पारिवारिक सद्भाव मिल्नेछ। सट्टापट्टामा गरिएका कार्यले पूर्णता पाउनेछ। दिन प्रेमिल हुनेछ। स्वास्थ्यमा भने सजगता अपनाउनु होला।
कुम्भ राशि:
मनमा अनेक विचारले अशान्ति छाउला। नयाँ कार्य गर्दा सोच-विचार गरेर अघि बढ्नु होला। लाभ-हानि, आय-व्यय, दुःख-सुख बराबरी हुने दिन छ। निर्णय क्षमतामा कमी आउला। आर्थिक क्षेत्रमा कठिनाई आउला। स्वास्थ्यमा ख्याल राख्नु होला।
मीन राशि:
कार्यमा सोचेजस्तै सफलता मिल्नेछ। नयाँ काम सुरु गर्न सकिने समय छ। मान-सम्मान बढ्नेछ। सामाजिक कार्यमा प्रेरित भइनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। कार्य सम्पादनमा सहजता आउला। पारिवारिक सद्भावमा मिठास छाउनेछ। स्वास्थ्यमा विशेष ध्यान दिनु होला।
ज्योतिषाचार्य तथा वास्तु विद्: माधवा शर्मा
सचिव: नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र: तुलसीपुर, क लाइन, जेसिस चोक, दाङ ।९८४८०६०७९९

