मेष राशि:
प्रतिस्पर्धामा कमजोर भइने संभावना छ, तर न्यायिक कार्यमा सफलता मिल्नेछ। मन प्रफुल्ल हुनेछ। योजनाहरू बनाउँदा सोच विचार गर्नु पर्नेछ। साथीभाइ र ईष्टमित्रको सहयोगले मन प्रसन्न हुनेछ। सुखद यात्रा हुने सम्भावना छ।
वृष राशि:
नयाँ-नयाँ कार्यका अवसरहरू प्राप्त हुनेछन्। तर नयाँ लगानीका लागि यो समय उपयुक्त छैन। तपाईंको कार्यको प्रशंसा हुनेछ। वाणीमा मधुरता आउनेछ।
मिथुन राशि:
अधुरा कार्यहरू पुनः सुचारु हुनेछन्। आर्थिक उन्नति हुनेछ। रमाइलो र छोटो यात्रा हुने सम्भावना छ। बौद्धिकता वृद्धि हुनेछ। एउटै कामबाट दोहोरो लाभ उठाउन सकिनेछ।
कर्कट राशि:
धैर्यताले काम गर्दा शुभफल प्राप्त हुनेछ। काममा ढिला सुस्ती हुनेछ। हतारमा गरिएको निर्णयले मन दुखाउन सक्छ। स्वास्थ्यमा विशेष ध्यान दिनु पर्नेछ। अपराह्नपछि समय सुधारिनेछ।
सिंह राशि:
दिन रमाइलो हुनेछ। प्रेमी-प्रेमिकाबीच सुमधुर सम्बन्ध कायम हुनेछ। पारिवारिक सद्भाव बढ्नेछ। वित्तीय संस्थाबाट सहयोग प्राप्त हुनेछ। तपाईंको क्षमताको कदर हुनेछ। तर दिनको उत्तरार्ध उपयुक्त छैन।
कन्या राशि:
इच्छित कामना पूरा हुनेछन्। तपाईंको आत्मविश्वास उच्च रहनेछ। पारिवारिक प्रेम बढ्नेछ। रोकिएका कामले तीव्रता पाउनेछन्। मन प्रसन्न हुनेछ। स्वास्थ्यमा ख्याल राख्नु पर्नेछ।
तुला राशि:
आर्थिक पक्ष बलियो हुनेछ। धैर्यताले कार्य सम्पादन गर्न सहयोग हुनेछ। लगनशीलताले काममा सहजीकरण हुनेछ। धार्मिक कार्यमा सरिक हुने अवसर मिल्नेछ। प्रेमिल दिन रहनेछ। यात्रा गर्दा सावधान रहनु पर्छ।
वृश्चिक राशि:
साहसिक निर्णयले कार्य सफल हुनेछन्। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ। सामान हराउने वा चोरी हुने जोखिम छ, विशेष ख्याल गर्नुहोला। मान्यजनको सल्लाहमा अघि बढ्दा शुभ हुनेछ।
धनु राशि:
धर्मकर्ममा मन जानेछ। सामाजिक कार्यमा रुचि बढ्नेछ। चिताएका कामले तीव्रता पाउनेछन्। आफन्तसँगको भेटघाटले मन प्रसन्न बनाउनेछ। यात्राको योग रहेको छ।
मकर राशि:
धार्मिक कार्यमा मन जानेछ। बौद्धिक कार्यमा सफलता मिल्नेछ। आत्मविश्वास र साहसिक निर्णयले जीवनमा सकारात्मक परिवर्तन ल्याउनेछ। जीवनसाथीसँग मिलेर गरेका निर्णयहरू सफल हुनेछन्। स्वास्थ्यमा ध्यान दिनुहोला।
कुम्भ राशि:
सामाजिक तथा व्यावसायिक क्षेत्रमा नयाँ अवसर प्राप्त हुनेछ। अधुरा र लामो समयदेखि रोकिएका कामहरू पुनः सुचारु हुनेछन्। आर्थिक पक्ष बलियो हुनेछ।
मीन राशि:
पारिवारिक सद्भावमा मिठास आउनेछ। प्रेमी-प्रेमिकाबीच केही खटपट हुन सक्छ। स्वास्थ्यमा विशेष ख्याल गर्नु पर्नेछ। स्वादिष्ट भोजन प्राप्त हुने सम्भावना छ।
ज्योतिषाचार्य तथा वास्तु विद्: माधवा शर्मा
सचिव: नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र
तुलसीपुर, क लाइन, जेसिस चोक, दाङ।
९८४७९६०७९९

