२०८३ बैशाख २० गते आइतवार

तपाईंको आजको राशिफल २०८१ पुस २६ गते शुक्रबार



मेष राशि
सन्तानबाट शुभ समाचार प्राप्त होला। कार्यक्षेत्रबाट लाभ प्राप्त हुनेछ। व्यवसायमा सफलता मिल्नेछ। सोचेअनुसार कार्य बन्नाले मन प्रसन्न रहनेछ। दिन रमाइलोसँग बित्नेछ। पारिवारिक जमघट हुनेछ। अधुरा कार्यहरू सुचारु हुनेछन्। कुनैपनि निर्णय गर्दा ख्याल राख्नुहोस्। स्वास्थ्यमा ध्यान दिनुहोला।

वृष राशि
आजको दिन मध्यम फलदायी रहनेछ। व्यवसायमा सोचेअनुसार सफलता मिल्न कठिन होला। कार्य गर्दा धेरै ध्यान दिनुपर्नेछ। विद्यार्थीका लागि समय उपयुक्त छैन। कलाकारितामा मन जानेछ। पढाइमा ध्यान केन्द्रित हुनेछैन। स्वास्थ्यमा विशेष ख्याल गर्नुहोस्। खर्च बढ्ने सम्भावना छ।

मिथुन राशि
कार्यक्षेत्रमा ज्ञान र लगनशीलताको प्रशंसा हुनेछ। बेचैनी हटेर जानेछ। रोकिएका कार्यहरू पुन: सुचारु हुनेछन्। ऋण लेनदेनका लागि समय उपयुक्त छैन। मनका विकारहरू हट्नेछन्।

कर्कट राशि
आर्थिक कारोबार बलियो हुनेछ। सोचेअनुसार कार्य अघि बढ्नाले मन हर्षित हुनेछ। व्यवसायमा नयाँ अवसरहरू प्राप्त हुनेछन्। साथीभाइको पूर्ण सहयोग मिल्नेछ। शिक्षा क्षेत्रमा सुधार हुनेछ। आज आफैंलाई ऊर्जावान महसुस गर्नुहुनेछ।

सिंह राशि
धार्मिक कार्यमा रुचि बढ्नेछ। धैर्यताले कार्य गर्दा शुभफल प्राप्त हुनेछ। नकारात्मक सोचबाट बचेर काम गर्दा लाभ हुनेछ। लापरवाह वाणीले दुख दिन सक्छ। समाजमा प्रतिष्ठा बढ्नेछ। विद्यार्थीका लागि उत्साहपूर्ण दिन हुनेछ। कानूनी कार्यमा सजग रहँदा सहजता हुनेछ। प्रतिस्पर्धामा सफलता प्राप्त हुनेछ।

कन्या राशि
एकपछि अर्को जिम्मेवारी थपिनेछ। अलिकति बोझ बढ्दा थकान महसुस हुनेछ। कर्जा दिनका लागि आज उपयुक्त छैन। शिक्षा क्षेत्रमा प्रगति हुनेछ। वाणीमा मिठास बढ्नेछ। समय अनुकूल भएकाले कार्य सम्पादनमा सहजता रहनेछ। स्वास्थ्यमा चिन्ता बढ्न सक्छ। सवारी चलाउँदा ध्यान दिनुहोला।

तुला राशि
पारिवारिक भेटघाट र मित्रमिलन हुनेछ। आर्थिक पक्ष बलियो रहनेछ। आत्तिएर कुनै निर्णय नगर्नुहोस्। व्यवसायिक सफलता मध्यम रहनेछ। यात्रा गर्दा सतर्क रहनुहोस्। पारिवारिक सुख प्राप्त हुनेछ। विद्यार्थीका लागि आजको दिन शुभ रहनेछ। तपाईंको कार्यकुशलताको प्रशंसा हुनेछ। योजनाहरू पूरा भएकाले मन प्रसन्न हुनेछ। शेयर बजारबाट लाभ हुनेछ।

वृश्चिक राशि
कार्यक्षेत्रमा सम्मान प्राप्त हुनेछ। पारिवारिक वातावरण रमाइलो रहनेछ। आर्थिक स्रोतहरू बढ्नेछन्। वैदेशिक कार्यहरू सुचारु हुनेछन्। मान–सम्मान बढ्नेछ। बोल्दा विचार गर्नुहोस्। जीवनसाथीको साथ मिल्नेछ। विद्यार्थीका लागि प्रतिस्पर्धामा सफलता मिल्नेछ।

धनु राशि
समाजमा मान–सम्मान प्राप्त हुनेछ। कार्यक्षेत्रमा योजना बमोजिम कार्य हुँदा मन खुसी हुनेछ। चिताएका कार्यले सार्थकता प्राप्त गर्नेछन्। दिन रमाइलो बित्नेछ। सामाजिक र धार्मिक कार्यमा रुचि बढ्नेछ। स्वास्थ्यमा भने ख्याल गर्नुहोस्।

मकर राशि
पारिवारिक वातावरणमा खर्च हुनेछ। रचनात्मक क्षेत्रमा प्रगति हुनेछ। आत्मविश्वास बढ्नेछ। व्यवसायिक सफलता मिल्नेछ। धार्मिक र सामाजिक कार्यमा मन जानेछ। दैनिक कार्यमा प्रगति हुनेछ। अरूको विश्वासमा पर्दा धोका पाउन सक्ने भएकाले सतर्क रहनुहोस्।

कुम्भ राशि
शुभ समाचारले मन प्रसन्न हुनेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ। कृषि क्षेत्रमा लाभ प्राप्त हुनेछ। कार्यक्षेत्रमा सहकर्मीको सहयोग प्राप्त हुनेछ। पुराना योजनाहरू सफल हुनेछन्। सामाजिक र धार्मिक कार्यमा सहभागी भइनेछ। चिताएका कार्यहरू तीव्र रूपमा अघि बढ्नेछन्।

मीन राशि
आर्थिक वृद्धि हुनेछ। जोश र जागर बढ्नेछ। व्यवसायमा सफलता मिल्नेछ। भूमिबाट लाभ हुनेछ। सामाजिक र धार्मिक कार्यमा सहभागिता हुनेछ। सोचेअनुसार काम बन्नाले मन प्रसन्न हुनेछ। बच्चाको स्वास्थ्यमा ध्यान दिनुहोस्।


ज्योतिषाचार्य तथा वास्तु विद्: माधवा शर्मा
सचिव: नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र: तुलसीपुर, क लाइन, जेसिस चोक, दाङ
९८४८०६०७९९

प्रकाशित मिति : २०८१ पुष २६ गते शुक्रवार