मेष राशि – धार्मिक कार्यमा रुचि बढ्नेछ। लामो समयदेखि रोकिएका अधुरा कार्यहरू सफल हुनेछन्। रमाइलो यात्रा हुनेछ। कार्यहरू तीव्र रूपमा अगाडि बढ्नेछन्। व्यवसायिक सफलता मिल्नेछ। पारिवारिक सद्भाव बढ्नेछ।
वृष राशि – व्यवसायमा मनग्य लाभ मिल्नेछ। सोचेअनुरूप कार्य अगाडि बढ्नेछन्। सन्तानका आवश्यकता पूरा गर्दा खर्च अलि बढ्ला। स्वास्थ्यमा समस्या आउला। निर्णय गर्दा बन्धुबान्धवको सहयोगले कार्य सम्पादनमा सहजता हुनेछ।
मिथुन राशि – आज नयाँ कार्यका योजनाहरू बन्नेछन्। आफन्त र साथीभाइको सहयोग प्राप्त होला। कृषि क्षेत्रमा सफलता मिल्नेछ। आँटेका कार्यहरू पूरा हुनेछन्। मान–सम्मान वृद्धि होला। साथीभाइसँग रमाइलो भेटघाट हुनेछ। पारिवारिक सद्भाव बढ्नेछ।
कर्कट राशि – एकपछि अर्को अवसर आउँदा मन प्रसन्न हुनेछ। आफ्नै इच्छाअनुसार समय बित्नेछ। आज कुनै पनि कुराले मनमा शान्ति छाउँला। सोचेअनुसार कार्य अगाडि बढ्दा मनमा हर्ष छाउँला। स्वास्थ्यमा ख्याल राख्नुहोला।
सिंह राशि – चिताएको कार्यले तीव्रता प्राप्त गर्नेछ। सोचेअनुरूप सफलता प्राप्त हुनेछ। सामाजिक कार्यमा रुचि बढ्नुका साथै मान–सम्मान प्राप्त होला। दिन प्रेमिल हुनेछ। आफन्तको साथले मनमा हर्ष छाउनेछ।
कन्या राशि – अध्ययन–अध्यापनको क्षेत्रमा सफलता मिल्नेछ। आत्मबलमा कमी आउनाले मनमा दुबिधा उत्पन्न होला। नयाँ योजनाहरू कार्यान्वयनमा ल्याउन कडा मेहनत गर्नु पर्नेछ। खानपानमा ध्यान दिनुपर्नेछ। निर्णय गर्दा विशेष ख्याल गर्नुहोला। सम्बन्धमा खटपट आउन सक्छ।
तुला राशि – व्यवसायिक सफलता मिल्नेछ। आज बिना प्रतिस्पर्धा नै फाइदा हुने समय छ। सामाजिक कार्यमा सहभागी भइनेछ। बौद्धिक विकास हुनेछ। पारिवारिक सुख प्राप्त हुनेछ। मनमा उत्साह र वाणीको प्रभाव बढ्ने समय रहेको छ। आज जोश, जाँगर र हिम्मत बढ्नेछ।
वृश्चिक राशि – धार्मिक तथा सांस्कृतिक कार्यमा सहभागी भइनेछ। आँटेका कार्यहरू सफल हुनेछन्। प्रेम सम्बन्धमा सुधार हुनेछ। आर्थिक उन्नति हुनेछ। आफन्तजनसँगको भेटघाटले पारिवारिक सुमधुरता कायम हुनेछ।
धनु राशि – तपाईंको लगनशीलताले कार्य सम्पादनमा सहजता ल्याउनेछ। आदर्श व्यक्तिसँगको सहकार्यले थप सहजता होला। दिन शुभफलदायक रहेको छ। पारिवारिक स्नेहले मनमा आनन्द उत्पन्न हुनेछ। व्यवसायमा सफलता मिल्नेछ।
मकर राशि – ऋण–लेनदेनबाट बच्नु नै उत्तम हुनेछ। व्यवसायिक सफलता भने मिल्नेछ। मनमा भय उत्पन्न हुनेछ। सोचेअनुरूप काम बन्न मुस्किल होला। प्रेम सम्बन्धमा बाधा आउन सक्छ। स्वास्थ्यमा ख्याल राख्नुहोला।
कुम्भ राशि – जोश, जाँगर र हिम्मत बढ्नेछ। कला र सङ्गीतमा रुचि बढ्नेछ। दैनिक कार्यमा प्रगति हुनेछ। शुभ समाचार सुन्न पाइनेछ। रमाइलो यात्राको सम्भावना बढ्नेछ। आज धैर्य र लगनशीलताले नयाँ अवसरहरू प्रदान गर्नेछ।
मीन राशि – धार्मिक तथा सामाजिक कार्यमा सहभागी भइनेछ। आज मनमा शान्ति मिल्नेछ। उत्साह र उमङ्गमा दिन बित्नेछ। प्रेमीको सहयोग प्राप्त हुनेछ। मिष्टान्न भोजन प्राप्त होला। शुभकर्मको चर्चा चल्नेछ। छोटो यात्रा समेत हुनेछ। पारिवारिक साथ नपाउँदा मन खिन्न हुनेछ।
ज्योतिषाचार्य तथा वास्तु विद्: माधवा शर्मा
सचिव: नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र, तुलसीपुर (क–लाइन, जेसिस चोक, दाङ)
९८४८०६०७९९

