२०८३ बैशाख २० गते आइतवार

तपाईंको आजकाे राशिफल २०८१ पुस २९ गते साेमबार



मेष राशि
आज ऊर्जा र उत्साहले भरिपूर्ण हुनेछ। आर्थिक पक्ष सुधार हुनेछ। नयाँ काममा हात हाल्न सकिनेछ। साथीभाइ र परिवारको सहयोग मिल्नेछ। प्रेम सम्बन्ध प्रगाढ हुनेछ।

वृष राशि
आफ्नो बोली र व्यवहारले मानिसहरूलाई प्रभावित पार्नुहुनेछ। यात्राको सम्भावना छ। स्वास्थ्य सामान्य रहनेछ। मिष्ठान्न भोजन प्राप्त होला।

मिथुन राशि
काममा प्रगति हुनेछ। पारिवारिक जिम्मेवारी बढ्ने सम्भावना छ। मन खिन्न होला। थकान महसुस हुनेछ।

कर्कट राशि
पुराना समस्याहरू समाधान हुनेछन्। आर्थिक लाभ हुने संकेत छ। आत्मविश्वास बढ्नेछ। तपाईंको कार्यक्षमताको प्रशंसा हुनेछ।

सिंह राशि
तपाईंको कार्यक्षमतामा निखार आउला। नेतृत्व क्षमता बढ्नेछ। पारिवारिक साथ र सहयोगले प्रेरणा मिल्नेछ। यात्राको सम्भावना छ।

कन्या राशि
आर्थिक पक्षमा सुधार आउनेछ। व्यावसायिक क्षेत्रमा सफलता प्राप्त हुनेछ। अध्ययनमा सफलता मिल्नेछ। विद्यार्थीका लागि उपयोगी दिन बन्नेछ।

तुला राशि
आजको दिन साथीहरूसँग समय बिताउन उपयुक्त हुनेछ। मनोरन्जनमा दिन बित्ला। नयाँ योजनामा हात हाल्न सकिनेछ। स्वास्थ्य सामान्य रहनेछ। वैदेशिक योजनाहरू बन्नेछन्।

वृश्चिक राशि
कार्य सफलताको योग रहेको छ। आत्मविश्वासले भरिएको समय छ। नयाँ योजना सफल हुने सम्भावना छ। स्वास्थ्यमा भने ख्याल राख्नु होला।

धनु राशि
सामाजिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। पारिवारिक जीवनमा सुख-शान्ति छाउनेछ। व्यवसायिक सफलता मिल्नेछ। मन प्रसन्न होला।

मकर राशि
आफ्नो विचार प्रस्टसँग राख्ने समय रहेको छ। आर्थिक लाभको संकेत छ। पारिवारिक सम्बन्ध प्रगाढ हुनेछ। चिताएका कार्यहरू पूर्ण हुनेछन्।

कुम्भ राशि
काममा ध्यान दिनुपर्ने समय हो। नयाँ अवसरहरू आउनेछन्। स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ।

मीन राशि
आजको दिन यात्रा र अध्ययनका लागि उपयुक्त छ। प्रेम सम्बन्धमा सुधार आउनेछ। आत्मबल उच्च राख्नुहोस्।

ज्योतिषाचार्य तथा वास्तुविद् माधवा शर्मा
सचिव – नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र
तुलसीपुर क-लाइन, दाङ
९८४८०६०७९९

 

प्रकाशित मिति : २०८१ पुष २९ गते सोमवार