मेष राशि
आजको दिन शुभ रहनेछ। स्वादिष्ट भोजन प्राप्त हुनेछ। पराक्रम बढ्नेछ। सामाजिक कार्यमा रुचि बढ्नेछ। अतिथिको स्वागत सत्कार गर्नु पर्नेछ। व्यवसायमा सफलता प्राप्त हुनेछ। दिन रमाइलो बित्नेछ।
वृष राशि
घरमा अतिथिको आगमन हुनेछ। शुभ कार्यको चर्चा हुनेछ। रोकिएका काम पुनः सुचारु हुनेछन्। पारिवारिक साथले मन प्रसन्न हुनेछ। कूटनीतिक सफलता मिल्नेछ।
मिथुन राशि
आज नयाँ कामको योजना बन्नेछ। मान-सम्मान वृद्धि हुनेछ। साथीभाइसँग रमाइलो भेटघाट हुनेछ। पारिवारिक सद्भाव बढ्नेछ। चाहेको कामले तीव्रता पाउनेछ। वैदेशिक काम अघि बढ्नेछन्।
कर्कट राशि
सोचेजस्तो काम अगाडि बढ्नेछ, जसले मनमा खुशी छाउँछ। आर्थिक लाभ हुनेछ। संगीत र कलामा रुचि बढ्नेछ। पारिवारिक जमघटले मन आनन्दित बनाउनेछ। शेयर बजारमा सफलता मिल्ने सम्भावना छ।
सिंह राशि
धैर्य र पराक्रमले काम सफल हुनेछन्। खानपानमा ध्यान दिनुहोस्। व्यवसायमा सफलता मिल्नेछ। गोप्य योजनाहरू नखोल्नु राम्रो हुनेछ। अनावश्यक खर्चबाट बच्नुहोस्।
कन्या राशि
कीर्तिमान कायम गर्ने समय हो। साथीबाट सहयोग प्राप्त हुनेछ। महत्वपूर्ण काम सुरु हुनेछ। आकस्मिक धन लाभ हुनेछ। रोजगारीका अवसर मिल्नेछन्। रोकिएका काम पुनः सुचारु हुनेछन्।
तुला राशि
मनमा उत्साह छाउनेछ। वाणीमा प्रभाव बढ्नेछ। महिला वा मित्रबाट सहयोग प्राप्त हुनेछ। अतिथिको स्वागत सत्कार गर्ने अवसर मिल्नेछ। जोस-जाँगर र हिम्मत बढ्नेछ। उपहार प्राप्त हुनेछ।
वृश्चिक राशि
आँटेका काम सफल हुनेछन्। प्रेम सम्बन्धमा सुधार हुनेछ। आर्थिक उन्नति हुनेछ। आत्मबल बढाएर अगाडि बढ्नु पर्नेछ। आफन्तसँगको भेटघाटले पारिवारिक सुमधुरता बढाउनेछ।
धनु राशि
विपरीत लिङ्गप्रति आकर्षण बढ्नेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। काममा सफलता मिल्नेछ। व्यवसायमा लाभ हुनेछ। मनोरञ्जनमा समय बित्नेछ। स्वास्थ्यमा ध्यान दिनुहोस्।
मकर राशि
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। मनमा शान्ति छाउनेछ। शुभ समाचार सुन्न पाइनेछ। आयआर्जनका स्रोत बढ्नेछन्। व्यवसाय फस्टाउनेछ। स्वास्थ्यमा ख्याल गर्नुहोस्।
कुम्भ राशि
दैनिक काममा प्रगति हुनेछ। रमाइलो यात्राको सम्भावना छ। धैर्य र लगनशीलताले नयाँ अवसर प्रदान गर्नेछ। पारिवारिक सद्भाव मिल्नेछ।
मीन राशि
आफन्तसँग विशेष भेटघाट हुनेछ। अधुरा काम पुनः सुचारु हुनेछन्। विद्यार्थीका लागि राम्रो दिन हुनेछ। व्यवसायमा सफलता मिल्नेछ। वैदेशिक काममा प्रगति हुनेछ।
ज्योतिषाचार्य तथा वास्तुविद्: माधवा शर्मा
सचिव: नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र
तुलसीपुर, क लाइन, जेसिस चोक, दाङ
९८४८०६०७९९

