मेष: सञ्चित धन खर्च हुनेछ। व्यापारमा अपेक्षितभन्दा फरक परिस्थिति सिर्जना हुन सक्छ, त्यसैले लगानी गर्दा सहकार्य गर्नु उचित हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानी लाभदायक रहनेछ। निजी शिक्षाक्षेत्रमा लगानी गर्ने हिम्मत गर्नुपर्ने समय छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।
वृष: तपाईंको बोलीले महत्त्वपूर्ण काम बन्न सक्छ। पूर्वतर्फको लामो यात्रा टार्नु उचित हुनेछ। साथीभाइको साथ र सहयोग प्राप्त हुनेछ। राज्यतर्फबाट सेवाका अवसरहरू प्राप्त हुने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्ने सम्भावना छ।
मिथुन: मन शान्त रहनेछ। स्वदेशी लगानीबाट फाइदा हुनेछ। उत्साहजनक आम्दानीले आत्मविश्वास बढाउनेछ। खानपानमा लापरवाही गर्दा स्वास्थ्य समस्याहरू देखिन सक्छन्। शिक्षाक्षेत्रमा गरिएको लगानीबाट राम्रो नाफा हुने संकेत छ।
कर्कट: परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ। घुमफिर गर्ने योजना बन्न सक्छ। स्वास्थ्य राम्रो रहनेछ, जसले मन प्रसन्न बनाउनेछ। साथीको सहयोगले महत्त्वपूर्ण काम सम्पन्न हुनेछ। तर, राज्यको निगरानीमा रहेकाले सचेत रहनु आवश्यक छ।
सिंह: दिन अनुकूल रहनेछ। लगानीका विभिन्न क्षेत्रबाट नाफा प्राप्त हुनेछ। विदेशतर्फको आकर्षण बढ्नेछ। विदेशमा गरेको लगानी लाभदायक सावित हुनेछ। बलभन्दा बुद्धि प्रयोग गर्दा भविष्य उज्ज्वल बन्नेछ।
कन्या: सामान्य झन्झट भए पनि दिन राम्रो रहनेछ। बौद्धिक व्यक्तिहरूसँगको भेटघाट फलदायी हुनेछ। उपचार गराएमा स्वास्थ्यमा सुधार आउनेछ। कृषि व्यापारमा फाइदा हुने संकेत छ।
तुला: दैनिक कार्यहरू सहजै सम्पन्न हुनेछन्। खानपानमा लापरवाही गर्दा पुराना रोगले सताउन सक्छ। दाजुभाइसँगको सहकार्यले नाम र दाम दुवै दिलाउनेछ। शिक्षाक्षेत्रमा प्रगति गर्न मेहनत आवश्यक देखिन्छ।
वृश्चिक: आम्दानीका दृष्टिले दिन सहज रहनेछ। सम्पत्तिको सही उपयोग गर्नुपर्ने समय छ। रोगसँग लड्ने क्षमता बढ्नेछ। पश्चिमतर्फको लामो यात्रा टार्नु उचित हुनेछ। शिक्षामा गरेको लगानी सन्तोषजनक रहनेछ।
धनु: दिन राम्रो रहनेछ। साथीभाइसँग सहकार्य हुनेछ। पुराना मित्रहरूसँगको भेटघाटले मन खुशी बनाउनेछ। उच्च पदाधिकारीबाट सहयोग प्राप्त हुनेछ। विपक्षीका कुरामा अलमलिनु हुँदैन। परिवारको साथ मिल्नेछ भने प्रेमसम्बन्ध सुमधुर बन्ने संकेत छ।
मकर: अन्तिम साढेसातीको प्रभावले मन अशान्त रहनेछ। साना कुराले विवाद बढ्न सक्छ। अनुत्पादक क्षेत्रमा खर्च बढ्ने सम्भावना छ, त्यसैले खर्चमा नियन्त्रण आवश्यक छ। सहकर्मीसँग परामर्श गरी अगाडि बढेमा दैनिकी सहज बन्नेछ।
कुम्भ: बौद्धिक व्यक्तिहरूसँग भेटघाट हुनेछ। राज्यतर्फबाट साथ र सहयोग प्राप्त हुनेछ। परिस्थितिहरू प्रतिकूल देखिएकाले धार्मिक कार्यमा सहभागी हुनु लाभदायक हुनेछ। संकटमा साथीभाइको सहयोग प्राप्त हुनेछ।
मीन: सुरुवाती साढेसातीको प्रभावले मन अशान्त रहन सक्छ। शिक्षामा विशेष मेहनत आवश्यक देखिन्छ। परिवारको साथ र सहयोग लिंदा दिन सहज रहनेछ। स्वदेशको तुलनामा विदेशमा गरिएको लगानी लाभदायक हुने संकेत छ।
ज्योतिषाचार्य तथा वास्तु विद्:
माधवा शर्मा
सचिव – नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र, तुलसीपुर क लाइन, जेसिस चोक, दाङ
९८४८०६०७९९

