२०८३ बैशाख १८ गते शुक्रवार

परालको कुरुट्टेमा आगलागी,५० हजार बराबरको क्षति



तुलसीपुर, १ चैत । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ बटोलपुरमा रहेको खलियानमा राखिएको परालको कुरुट्टेमा आगलागी भएको छ । स्थानीय शान्तीलाल चौधरी, नन्द कुमार चौधरी र गंगाराम चौधरीको खलियानमा राखिएका तीनवटा परालका कुरुट्टेमा आगो लागेको वडा अध्यक्ष धर्मराव ओलीले जानकारी जानकारी दिनुभयो ।

आगलागीबाट करिब ५० हजार रुपैंया बराबरको क्षति भएको वडा अध्यक्ष ओलीले रेडियो हाम्रो पहुँचलाई जानकारी दिनुभयो । आगलागीको कारण भने अझै खुल्न सकेको छैन ।

आज दिउँसो पौने १ बजेतिर आगलागी भएको खबर पाएको वडा अध्यक्ष ओलीले बताउनुभयो । आगलागीको खबर पाउने बित्तिकै, वडा अध्यक्ष ओली, स्थानीय बासिन्दा, तुलसीपुर उपमहानगरपालिकाको दमकल र प्रहरीको सहायतामा आगो नियन्त्रणमा लिइएको हो ॥

प्रकाशित मिति : २०८१ चैत्र १ गते शुक्रवार