२०८३ बैशाख २० गते आइतवार

एसईईमा ४ जीपीए ल्याए वडाबाट विद्यार्थीलाई २५ हजारले सम्मानित



तुल्सीपुर,६ चैत ।भोलिदेखि सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (SEE) मा सहभागी विद्यार्थीहरूलाई शुभकामना दिँदै, तुल्सीपुर उपमहानगरपालिका वडा नं. ११ ले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गर्ने घोषणा गरेको छ।

 यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) भोलि चैत ७ गतेदेखि संचालन हुँदैछ।

 तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ का अध्यक्ष मानबहादुर रावत परीक्षा सहभागी हुने विद्यार्थीलाई आज(बुधबार) विद्यालयमा पुगेर शुभकामना दिँदै, एसईईमा उच्च अंक प्राप्त गर्ने विद्यार्थीलाई विशेष सम्मानको घोषणा गर्नुभएको हो।

सम्बन्धित समाचार :

कक्षा एकमा भर्ना भए एक हजार रुपैँया,स्कुल पोशाक नि:शुल्क

 अध्यक्ष  रावतका अनुसार, वडा भित्रका सामुदायिक विद्यालयबाट SEE परीक्षामा सहभागी भई ४.० जीपीए हासिल गर्ने छात्रछात्रालाई जनही  २५ हजार नगद प्रदान गरिनेछ।

सामुदायिक विद्यालयको शिक्षा सुधारका लागि वडा कार्यालयको तर्फबाट उच्च शिक्षा अध्ययन गर्न प्रोत्साहनस्वरूप नगद २५ हजारले सम्मानित गर्ने निर्णय भएकाे वडा अध्यक्ष रावतले बताउनुभयाे ।

 वडाकाे  याे निर्णयले विद्यार्थी तथा अभिभावकलाई उत्साहित बढाएको छ। ११ नम्बर वडाले यसअघि नै सामुदायिक विद्यालयमा कक्षा १ मा भर्ना हुने विद्यार्थीलाई आगामी शैक्षिक सत्रदेखि वडाको तर्फबाट एक हजार रुपैयाँ छात्रवृत्ति उपलब्ध गराउने निर्णय गरिसकेको छ।

यो पनि पढ्नुहोस्:

सुत्केरीलाई भाले उपहार

प्रकाशित मिति : २०८१ चैत्र ६ गते बुधवार