२०८२ चैत्र ४ गते बुधवार

किवानिस क्लबद्वारा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निःशुल्क चस्मा वितरण



दाङ, १४ जेठ। किवानिस क्लब अफ तुलसीपुरले मंगलबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आँखा जाँच तथा निःशुल्क चस्मा वितरण गरेको छ।

क्लबका अध्यक्ष शैलेन्द्र कुमार ओलीको अध्यक्षता तथा प्रतिष्ठानका प्रधानाध्यापक डा. सुरेश रशाईलिको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष बिमल कुमार पौडेललगायत क्लबका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा २ सय ५० बढी सेवाग्राहीले निःशुल्क चस्मा प्राप्त तथा आँखाजाँच गराएका छन्।

क्लबले समाजसेवामा सक्रिय भूमिका निर्वाह गर्दै नियमित रूपमा यस्ता स्वास्थ्यसम्बन्धी कार्यक्रम आयोजना गर्दै आएको  छ।

कार्यक्रमको सञ्चालन क्लबका महासचिव सन्दिप भुसालले गर्नुभएको थियो

प्रकाशित मिति : २०८२ जेष्ठ १५ गते बुधवार