तुलसीपुर, २१ माघ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको माथिल्लो हलवार टोल विकास सस्थाले चौथो बार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन गरेको छ ।
सस्थाका अध्यक्ष बसन्त पुन मगरको अध्यक्षता एबम तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य लक्ष्मण बिश्वकर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
त्यस अवसरमा प्रमुख अतिथि बिश्वकर्माले टोल विकास सस्थाहरुले नेतृत्व क्षमताको विकास गरेको बताउनुभयो । टोल विकास सस्थाले वस्तिस्तरमा हुने विकास देखि सामाजिक ,आर्थिक विकासका लागि समेत महत्त्वपूणर् भुमिका खेलेको उहाँले बताउनुभयो ।
उहाले टोल विकास सस्थालाई थप प्रभावकारी बनाउन नेतृत्वकर्ताहरुले क्षमता अभिबृद्दि गर्न आबश्यक भएको बताउनुभयो । साथै टोलमा भएका हरेक समस्याको पहिचान गरि सम्बन्धित निकायमा पहलगर्नुपर्ने दायित्व पनि टोल बिकास सस्थाको भएको उहाले बताउनुभयो ।
टोल विकास सस्थामा कुनै राजनीतिक पुर्वाग्राहि नराखि समाज र बस्तिको बिकासका लागि सबै टोलबासिहरु एकजुट हुनुपर्नेमा उहाले जोड दिनुभयो । उहाले टोलमा सडकबाटो ग्राभेल ,खानेपानी ,सिचाइ र विद्युतको समस्या भएको भन्दै यसका लागि उपमहानगरपालिकामा पहल गर्ने बताउनुभयो ।
सस्थाका सदस्य हरि खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सस्थाका निवर्तमान सचिब गणेश बस्नेत, सदस्य शङ्कर चौधरी ,धनराज बुढाथोकी ,शुसिल रोका, पत्रकार बसन्त पौडेल ,टोलवासी कमला घर्ति लगाएतले बोल्नु भएको हो ।

सस्थाका सचिब कृष्ण बस्नेतले साङगठनिक र कोषाध्यक्ष उर्मिला दाहालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साथै कार्यक्रममा टोलमा बसोबास गर्ने सहयोगदाता हरि खड्का ,ओज बहादुर राना, प्लस टु पास गर्ने भिम पौडेल , ७० बर्ष माथिका जेष्ठनागरिक केशवराज आचार्य लगाएतलाई सम्मान गरिएको हो भने कार्यक्रमको सहजीकरण सचिब कृष्ण बस्नेतले गर्नु भएको हो । सस्थाको बन्दसत्रले आगामि नयाँ नेतृत्व चयन गर्नेछ ।

