२०८१ भाद्र २२ गते आइतवार

दाङमा भएका छुट्टा छुट्टै घटनामा तीन जनाको मृत्यु



तुलसीपुर, १७ असार
दाङमा छुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मोटरसाइकल र साइकल ठोकिदा दुुई जनाको मृत्यु भएको छ भने पानीमा डुबेर एक जनाको मृत्यु छ ।

सौडियारबाट घोराही तर्फ जादै गरेको रा ३ प २९२२ नम्बरको मोटरसाइकलले गएराति पानै नौ बजेतिर घोराही ७ बेसाइ नजिक २ वटा साइकललाई ठक्कर दिँदा दुुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुुकुन्द प्रसाद रिजालले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका १५ का ३५ वर्षीय गंगाबहादुर कवर र साइकल यात्री सोही वडाका १६ वर्षीय रितेश केसी रहनु भएको छ । उनीहरु दुबैको उपचारको क्रममा मृत्युु भएको हो ।

दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाई्कलमा सवार घोराही उपमहानगरपालिका वडा नम्बर ७ बस्ने ३८ वर्षीय बसन्त चौधरी र अर्का साइकल यात्री सोही वडाका सोही ठाउँका १५ वर्षीय बिनोद भण्डारी रहनु भएको छ उनीहरू दुबैको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।

यता तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रु गम्भिर घाइते भएका छन् ।

तुलसीपुर–८ गहतेखोलाबाट तुलसीपुर बजारतर्फ आउँदै गरेको रा ५ प ८७४८ नम्बरको मोटरसाइकलको ठक्करबाट सोहि ठाउँकै १७ वर्षिय शान्ता खड्का गम्भिर घाइते हुनुभएको हो ।

मोटरसाइकलको ठक्करबाट खड्कालाई टाउकोमा गम्भिर चोट लागेको छ । गम्भिर घाइते खड्कालाई तुलसीपुरमा सामान्य उपचारपछि नेपालगन्ज रिफर गरिएको हो ।

प्रहरीले घटनामा संलग्न मोटरसाइकल चालक र मोटरसाइकललाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्याम अर्यालले जानकारी दिनुभयो ।।

प्रकाशित मिति : २०७९ असार १७ गते शुक्रवार