२०८१ जेष्ठ १६ गते बुधवार

गोठ भत्किदा दाङमा एक बालिकाको मृत्यु



तुलसीपुर, ३२ असार ।
दाङमा गोठ भत्किदा एक बालिकाको मृत्यु भएको छ । गोठ भत्किएर घोराही उपमहानगरपालिका वडा नं. ९ निवासी इब्राहिम मियाकी दुई वर्षीया छोरी अबिता खातुनको मृत्यु भएको हो ।

गोठ भत्किएर गम्भीर घाइते भएकी बालिकाको उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रकाशित मिति : २०७९ असार ३२ गते शनिवार