२०८१ साउन ५ गते आइतवार

सल्यानमा करेन्ट लागेर एक जना गम्भिर घाइते



दाङ, २ साउन ।
सल्यानमा करेन्ट लागेर एक जना गम्भिर घाइते भएका छन् । विद्युतको तार तान्ने क्रममा करेन्ट लागेर कालिमाटी गाउँपालिका वडा नम्बर २ का २६ वर्षिय बविन भण्डारी घाइते हुनुभएको हो ।

करेन्ट लागेर गम्भिर घाइते भण्डारीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको पत्रकार मनोज कुमार आचार्यले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७९ साउन २ गते सोमवार