२०८१ जेष्ठ ९ गते बुधवार

४८ घण्टासम्म पनि फेला पर्न सकेनन् अम्मर



दाङ, ७ भदौ ।
दाङमा सोमबार ड्याममा डुबेर बेपत्ता भएका एक युवक अझै पनि फेला परेका छैनन् ।

सोमबार बिहान ११ बजेतिर घोराहीको कर्जाही ड्याममा घोङ्घी टिप्न गएको बेला डुबेर बेपत्ता भएका घोराही उपमहानगरपालिका १७ कर्जाहीका ४० वर्षीय अम्मर चौधरीलाई ४८ घण्टा बढी भइसक्दा समेत फेला पार्न नसकेकोे जिल्ला प्रहरी प्रमुख एसपी सुरेश प्रसाद काफ्लेले जानकारी दिनुभयो ।

उनको अहिले पनि खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । ड्याममा डुबे लगत्तै खोजि कार्य जारी राखेपनि फेला पार्न नसकेको उहाँले बताउनुभयो ।

वेपत्ता भएका चौधरीको खोजीकार्यका लागि गोताखोरको टोली, शसस्त्र प्रहरी, नेपाल प्रहरीको टोलीले खोजी गरिरहेको उहाँले बताउनुभयो । माटो धेरै भएकाले खोजी गर्न समस्या भईरहेको उहाँले बताउनुभयो । जलाशयमा हिलो भएका कारण खोजी गर्न समस्या भएको उहाँको भनाई छ ।

प्रकाशित मिति : २०७९ भाद्र ८ गते बुधवार