२०८१ बैशाख ११ गते मङ्गलवार

दाङमा ट्रक पल्टीदा एक जनाको मृत्यु , पहिचान खुल्न बाँकी



दाङ, २२ भदौ ।
दाङमा ट्रक पल्टीदा एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो भएको दुर्घटनामा परी अन्दाजी २२ वर्षका युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिनुभयो । मृतकको पहिचान खुल्न सकेको छैन् ।

घोराहीबाट भैरहवा जाँदै गरेको ट्रक लु २ ख ५९३ नम्बरको घोराही -लमही सडक खण्ड अन्तर्गत घोराही-३ भैसी बगाउने खोलामा पल्टीएको डिएसपी गौतमले जानकारी दिनुभयो ।

भैसीको छाला लिएर जाँदै गरेको ट्रक पल्टीएको हो । ट्रक पल्टीएपछि चालक फरार रहेका छन् । ट्रकमा च्यापिएर निधन भएका युवकको शबलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । सडक बिचमै ट्रक पल्टीएपछि केहि बेर सडक अवरुद्ध भएको थियो ।

प्रकाशित मिति : २०७९ भाद्र २२ गते बुधवार