दाङ, २२ भदौ ।
दाङमा भर्याङबाट लडेर एक जनाको मृत्यु भएको छ । राजपुर गाउँपालिकामा वडा नम्बर ३ भैसहवाका आन्दाजी २४ वर्षीय अमिताभ यादवको भर्याङबाट लडेर मृत्यु भएको हो ।
यादव सोमरातीको समयमा आफ्नै घरको छतमा सुत्न गएको र तल झर्ने क्रममा भर्याङबाट लडेर घाइते हुनुभएको थियो । घाइते यादवको कानबाट धेरै रगत बगेकोले उपचारका लागि भैरहवा लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।
घाईते यादवलाई मंगलबार अस्पतालले मृत घोषित गरेको हो । मृतक यादवको एक हप्ताको छोरा छन् । उहाँको मृत्युको खबरले परिवर,गाउँ समाज सोकमा डुबेको स्थानीय हेमराज यादवले बताउनुभयो ।
प्रकाशित मिति : २०७९ भाद्र २२ गते बुधवार

