२०८१ जेष्ठ ९ गते बुधवार

काठमाण्डौबाट रुकुम पश्चिमका लागि छुटेको बस त्रिशूलीमा खस्यो



दाङ, १९ कार्तिक ।
काठमाण्डौबाट रुकुम पश्चिमका लागि छुटेको बस त्रिशूली नदीमा खसेको छ । दुर्घटनामा परी १६ जना घाइते भएको भएको प्रहरीले जनाएको छ । घटनाको विस्तृत बिवरण आउन बाँकी छ ।

बा ४ ख ५७२० नम्बरको बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिकाको सडकबाट त्रिशूली नदीमा खसेको हो ।

अहिले प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार गरिरहेको र घाइतेलाई अस्पताल पठाइएको प्रहरी चौकी जोगिमाराले जनाएको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक १९ गते शनिवार