२०८१ साउन ५ गते आइतवार

पश्चिम दाङमा सवारी दुर्घटनामा ४ जना घाइते



दाङ, १९ कार्तिक ।
पश्चिम दाङमा दाङमा छुट्टाछुटै सवारी दुर्घटनामा परेर चार जना घाइते भएका छन् । शान्तिनगर गाउँपालिका-४ जुम्लेकुलामा मोटरसाइक अनियन्त्रीत भएर पल्टिदा २ जना घाइते भएका छन् ।

घाइते हुनेमा शान्तिनगर गाउँपालिका-३ साउने निवासी मोटरसाइकल चालक ३२ बर्षका बिजयकुमार विक र सोही ठाउँका १९ बर्षका टार्जन वली रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

तुलसीपुरबाट बाघमारे जाँदै गरेको रा ५ प ९१२३ नम्बरको मोटरसाइकल अनियन्त्रीत भएर पल्टिएको हो । त्यसैगरी तुलसीपुरको पुलको चोकमा मोटरसाइकलले ठक्कर दिदा तुलसीपुर-१ भमके निबासी ४५ बर्षका कासीराम सापकोटा घाइते हुनुभएको छ । सापकोटालाई रा १ त १५९५ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो ।

त्यसैगरी तुलसीपुरमा दुई वटा मोटरसाइकल ठोक्कीदा एक जना घाइते भएका छन् । रा ३ प ९१७३ र रा ३ प ७ ५८५ नम्बरको मोटरसाइकल ठोक्कीदा चालक तुलसीपुर ११ कटाह निबासी ५० बर्षका कविराम चौधरी घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७९ कार्तिक १९ गते शनिवार