२०८१ माघ १२ गते शनिवार

स्कुल बसको ठक्करबाट दाङमा एक बालिकाको मृत्युु



दाङ, ७ मंसिर ।

दाङमा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्युु भएको छ । बसको ठक्करबाट घोराही उपमहानगरपालिका वडा नम्बर ९ नयाँवस्तीका १५ महिनाकी बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिनुभयो ।

नारायणपुरबाट विद्यार्थीलाई छोड्न गाउँ गएको नारायणपुरको बालप्रतिभा इंलिस बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा मंगलबार साँझ सवा पाँच बजेतिर ठक्कर दिदा सोहि ठाउँका शोभाराम विकको १५ महिनाको छोरी पुस्पा विकको मृत्युु भएको हो ।

विद्यार्थीलाई ओराल्न रोकिएको बसको मुनि बालिका पसेको चालकले थाहा नपाएपछि बसले किचेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर ७ गते बुधवार