२०८१ बैशाख ५ गते बुधवार

सल्यानमा बोलेरो जीप र मोटरसाइकल ठोक्किदा दुई जना घाइते



सल्यान, १४ मंसिर ।

सल्यानमा बोलेरो जीप र मोटरसाइकल ठोक्किदा दुई जना घाइते भएका छन् ।

दुर्घटनामा परेर घाइते हुनेमा रुकुमको सिस्ने गाउँपालिका वडा नम्बर ६ बस्ने १९ वर्षीय मोटरसाइकल चालक सुदिप मल्ल र उनकी आमा ४० वर्षीया निर्मला मल्ल रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक सन्तोष खनालले बताए ।

घाइते आमा छोराको श्रीनगर स्थित शारदा मेट्रो अस्पतालमा उपचार भईरहेको छ ।

राप्ती लोकमार्ग अन्तर्गत सल्यान–रुकुम सडक खण्डको सिद्धकुमाख गाउँपालिका –१ पटारेमा श्रीनगरदेखि थारमारेतर्फ जाँदै गरेको रा १ च १२४२ नम्बरको बोलेरो जीप र रा ६ प ७४९८ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

जीप चालक शारदा नगरपालिका –१४ का प्रदीप बिकलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक खनालले बताए ।

प्रकाशित मिति : २०७९ मङ्सिर १४ गते बुधवार