२०८१ बैशाख ५ गते बुधवार

सल्यानमा बस दुर्घटना हुँदा ७ जना घाईते



दाङ, ५ पुस ।
सल्यानबाट दाङको तुलसीपुर आउदै गरेको बस दुर्घटना हुँदा ७ जना घाईते भएका छन् । सल्यानको दामाचौरदेखि तुलसीपुरका लागि छुटेका ना ८ ख २५३ नम्बर बस सिद्धकुमाख गाउँपालिका १ पट्नेरीमा दुर्घटना हुँदा ७ जना सामान्य घाईते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता सन्तोष खनालले जानकारी दिनुभयो ।

दुर्घटनामा परि घाईते भएका मध्य ४ जनालाई उपचारपछि डिस्चार्ज गरिएको छ भने अन्य तिन जनाको सल्यान श्रीनगरमा उपचार भईरहेको छ । दुर्घटनाको कारण भने अझै खुल्न सकेको छैन । बस सडकदेखि १० मिटर तल खसेको उहाँले बताउनुभयो । बस चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ पुष ५ गते मङ्गलवार