२०८० मङ्सिर २२ गते शुक्रवार

दाङमा मोटरसाइकलको ठक्करबाट एक बालक घाइते



तुलसीपुर, २२ पुस ।
दाङमा मोटरसाइकलको ठक्करबाट एक बालक घाइते भएका छन् । मोटरसाइकलको ठक्करबाट शान्तिनगर गाउँपालिका-४ जुम्लेकुला निबासी लाल सिंह बस्तेका छोरा २ वर्षका विश्वास बस्नेत घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिनुभयो ।

घाइते बालकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ । चिराघाटबाट बाघमारे तर्फ जाँदै गरेको रा ३ प २९८८ नम्बरको मोटरसाइकलले बिहिबार साँझ साढे ६ बजे ठक्कर दिएको हो ।

प्रकाशित मिति : २०७९ पुष २२ गते शुक्रवार