२०८१ असार ४ गते मङ्गलवार

दाङमा कार र मोटरसाइकल ठोक्किदा दुई जना घाइते



दाङ, ३० पुस ।
दाङमा कार र मोटरसाइकल ठोक्किदा दुई जना घाइते भएका छन् ।

तुलसीपुरबाट दुधरासतर्फ गईरहेको से ६ प ८९७८ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आउदै गरेको रा १ च १३०६ नम्बरको कार एक आपसमा ठोक्किदा दुई जना घाइते भएका हुन् ।

दुर्घटनामा परेर घाईते हुनेमा दुबैजना कैलालीका रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो । दुर्घटनामा परेर मोटरसाईकल चालक कैलाली घर भई हाल दुधरासको सिमेन्ट फ्याक्ट्रीमा मजदुरी गर्दै आएका ३५ बर्षिय मानसिंह राना र मोटरसाईकलको पछाडी सवार ३२ बर्षिय मुकेश चौधरी रहेको उहाँले बताउनुभयो ।

घाईते दुबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको उहाँले बताउनुभयो । घाईते मोटरसाईकल चालक रानाले मादक पदार्थ सेवन गरेको पाईएको उहाँले बताउनुभयो ।

घाईतेमध्ये दुबैको अबस्था मध्यम रहेको र कार चालक रोल्पाको रुन्टीगढि गाउँपालिका ५ का तिलबहादुर बुढासहित गाडी र मोटरसाईकल ईलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ पुष ३० गते शनिवार