२०८१ असार ४ गते मङ्गलवार

पोखरामा जहाज दुर्घटना : ३२ जनाको शव निकालियो



काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्यसहित ७२ जना लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनामा परेको छ ।

अहिले विमान दुर्घटनास्थलमा सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरिरहेका छन् ।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार खोंचमा खसेको जहाजबाट  ३२ जनाको शव निकालिएको छ।

प्रकाशित मिति : २०७९ माघ १ गते आइतवार