
दाङ, ६ माघ ।
दाङमा मिनी ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । ठक्करबाट राप्ती गाउँपालिका वडा नम्बर ८ का ६८ वर्षीय कृष्णबहादुर बस्नेतको मृत्यु भएको हो ।
लमही-भालुवाङ सडकखण्डअन्तर्गत राप्ती गाउँपालिका ८ पिपरीचोकमा पश्चिमबाट पूर्वतर्फ गइरहेको रा १ क २०९ नम्बरको ग्यास बोकेको मिनी ट्रकले बिहीबार मध्याह्न साढे १२ बजेको समयमा महरालाई ठक्कर दिएको थियो ।
मिनी ट्रकको ठक्करबाट गम्भीर घाइते भएका बस्नेतको सिसहनियाँ स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी सिटी अस्पताल बुटवल लगिएको थियो ।
उपचारको क्रममा बिहीबार दिउँसो सवा ३ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय सिसहनियाँका प्रहरी प्रमुख जीवन केसीले जानकारी दिनुभयो । ठक्कर दिने गाडी र चालकलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय भालुवाङ पठाइएको प्रहरी प्रमुख केसीले बताउनुभयो ।
प्रकाशित मिति : २०७९ माघ ६ गते शुक्रवार