२०८१ फाल्गुन २ गते शुक्रवार

सुर्खेतमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु



दाङ, ८ माघ ।
सुर्खेतमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

दुर्घटनामा जीप चालक वीरेन्द्रनगर ७ का २७ वर्षका सागर शाही, दैलेख भगवती गाउँपालिका ५ का ३१ वर्षका बबिन शाही, दैलेख डुंगेश्वर गाउँपालिका ३ का ३३ वर्षका दीपेन्द्रजङ्ग शाही र गुराँस गाउँपालिका ३ का ३६ वर्षका राजेन्द्र बीसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, २५ वर्षका भैरवी गाउँपालिका ५ का वीरेन्द्रराज शाही भने घाइते हुनुभएको छ । उहाँको कणर्ाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गएराति साढे दुई बजेतिर बा ०१०२६ च ९२१३ नम्बरको जीप वीरेन्द्रनगर नगरपालिका ११ को झुप्रा खोलामा दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु भएको हो ।

प्रकाशित मिति : २०७९ माघ ८ गते आइतवार