२०८१ जेष्ठ ९ गते बुधवार

नहरमा डुबेको अबस्थामा डाँगीको मृत अबस्थामा शव  फेला



दाङ, १० फागुन ।
दाङमा सिँचाइ कुलो (नहर)मा डुबेको अबस्थामा एकजना मृत अबस्थामा फेला परेका छन् । आज विहान लमही नगरपालिका(६ देउपुरका अन्दाजी ५१ वर्षीय कैलाश डाँगीको शव फेला परेकोे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

आज बिहान करिब ९ बजे खेतमा सिँचाइ गर्ने क्रममा देउपुर कुलोमा डुबेको अबस्थामा फेला परेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक पुष्पराज थापाले बताउनुभयो ।

मृतक डाँगीले मादक पदार्थ सेवन गर्ने गरेको पाईएको उहाँले बताउनुभयो । डाँगीको शवलाई लमही अस्पतालमा पोष्टमार्टम पश्चात परिवारको जिम्मा लगाईएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन १० गते बुधवार