
दाङ, १४ फागुन ।
मकवानपुरमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका १० की २३ वर्षीय दिलकुमारी चौधरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
काठमाडैंबाट मकवानपुर तर्फ जादै गरेको बा ७३ प ९०६० नम्बरको मोटरसाइकल मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित अनियन्त्रीत भएर ढुङ्गामा ठोक्किदा चौधरीको घटना स्थलमै मृत्यु भएको हो ।
यस्तै मोटरसाइकल चालक काठमाडौ ५ धानकोटका ओमकुमार राणा घाइते भएको र घाईते राणालाई प्रहरीको निगरानीमै राखेर उपचार भइरहेको छ । घटनाको बारेमा थप अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।।
प्रकाशित मिति : २०७९ फाल्गुन १४ गते आइतवार