२०८१ जेष्ठ ९ गते बुधवार

तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट तीन जना घाइते



तुलसीपुर, २५ फागुन ।

दाङको तुुलसीपुरमा मोटरसाइकलको ठक्करबाट तीन जना घाइते भएका छन् । ठक्करबाट पैदलयात्रीहरु तुलसीपुर १६ निवासी १४ वर्षीय सदन चौधरी, सोही ठाउँ निवासी १६ वर्षीय निराजन चौधरी र १८ वर्षीय विनिता गिरी घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रहरीका अनुसार तुलसीपुर बजारबाट कपडादेबी तर्फ जादै गरेको रा १ प ३९७१ नम्बरको मोटरसाइकलले कपडादेबी नजिकै पैदलयात्रीहरुलाई ठक्कर दिदा दुर्घटना भएको हो ।

घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक तुलसीपुर १८ बालुवा निवासी ४५ वर्षीय कन्यालाल चौधरीले मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाएकाले दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ । साथै उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाइएको प्रहरीको भनाई रहेको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन २५ गते बिहिवार