२०८२ असार ३ गते बुधवार

घरको छतबाट खसेर सल्यानमा एक जना को मृत्यु



 

सल्यान, ९ चैत ।
सल्यानमा घरको छतबाट खसेर एक पुरुषको मृत्यु भएको छ । शारदा नगरपालिका १ दारिमचौर घर भएका ४४ वर्षीय डिल्ली बहादुर चनाराको आज घरको छतबाट खसेर मृत्यु भएको हो ।

शारदा नगरपालिका १ श्रीनगर स्थित पुष्पाञ्जली फेन्सी हाउस भएको घरमा करिब ६ फिट अग्लो बाँसको भर्‍याङबाट चिप्लिएर बिहीबार ९आज० दिउँसो साढे १२ बजेतिर घाइते भएका चनाराको उपचारको लागि जिल्ला अस्पताल सल्यान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार चनाराको टाउमा गहिरो चोट लागेको थियो । छतबाट खस्ने बित्तिकै टाउकोमा चोट लागेर बेहोस भएका चनारालाई स्थानीयले श्रीनगरस्थित परोपकार अस्पतालमा उपचारका लागि लगेका थिए । त्यसपछि थप उपचारका लागि जिल्ला अस्पताल सल्यान लिने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनि सोहि घरमा मिस्त्री काम गर्दै आएका थिए । उनि शिवजन मावि शीतलपाटी सल्यानका पूर्व शिक्षक अभिभावक संघका अध्यक्ष समेत हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २०७९ चैत्र ९ गते बिहिवार