२०८१ जेष्ठ १६ गते बुधवार

मोटरसाइकलको ठक्करबाट हापुरेमा पैदलयात्री घाइते



तुलसीपुर, १३ चैत ।

पश्चिम दाङमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्री घाइते भएका छन । घाइते हुनेमा बबई गाउँपालिका ४ हापुरे निवासी ५८ वर्षीय बुद्धि घर्ति रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

प्रहरीका अनुसार हापुरे बजारबाट पालिका तर्फ जादै गरेको नम्बर नखुलेको मोटरसाइकलले बबई गाउँपालिकाको कार्यालय नजिकै पैदल हिडिरहेका घर्तिलाई ठक्कर दिएको हो ।

घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । साथै ठक्कर दिने मोटरसाइकल सहित चालक फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७९ चैत्र १३ गते सोमवार