२०८१ जेष्ठ ३१ गते बिहिवार

रोल्पामा काफलको रुखबाट लडेर एक महिलाको मृत्यु



रोल्पा, १५ चैत ।

रोल्पामा रुखबाट लडेर महिलाको मृत्यु भएको छ । रुण्टिगढी गाउँपालिका वडा नं. ८ सानो लिवाङकी ३२ वर्षिय कामना घर्तीको आज दिउँसो रुखबाट लडेर मृत्यु भएको हो ।

माइती घर त्रिवेणी गाउँपालिका वडा नं. ४ गमालिचौरमा घर नजिकैको जंगलमा काफल खान गएको बेला लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका इन्सपेक्टर रामनारायण गुप्ताले जानकारी दिनुभयो ।

रुखबाट लडेर गम्भिर घाइते भएको घर्तीलाई उपचारका लागि दाङ ल्याउँदै गर्दा सिमपानी स्वास्थ्य चौकीमै मृत्यु भएको हो ।

मृतक घर्तीको श्रीमान गणेश बस्नेत वैदेशिक रोजगारीमा हुनुहुन्छ । घर्तीको २ छोरी छन् । मृतक घर्ती ३/४ बर्ष देखि माइतमै बस्दै आएको पारिवारीक स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २०७९ चैत्र १५ गते बुधवार