दाङ, १७ चैत्र ।
दाङमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री घाइते भएका छन् । घाइते हुनेमा सल्यानको दार्मा गाउँपालिका वडा नम्बर( ३ बरखेतका ३७ बर्षिय मानबहादुर बिक रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
गएराती साढे ८ बजे तुलसीपुर(५ बसपार्कदेखि सुकौरातर्फ जाँदै गरेको रा ५ प ८१८५ नम्बरको मोटरसाइकलले बिकलाइ ठक्कर दिएको हो । उहाँको बाँया हात टाउकोमा भित्रि चोट लागेको छ । बिकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
यस्तै मोटरसाइकल चालक रुपन्देहीको सोदधन गाउँपालिका १ बेलुवा घर भइ हाल तुलसीपुर( ५ बसपार्कमा कोठाभाडा लिएर बस्दै आएका २४ बर्षिय रमेश सोलहनीयालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७९ चैत्र १७ गते शुक्रवार