२०८१ जेष्ठ ९ गते बुधवार

पश्चिम दाङमा अटो दुर्घटना हुँदा तीन जना घाइते



दाङ, १९ चैत ।

दाङमा अटो दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । बबई गाउँपालिका ५ सिमगैरामा अटो पल्टिदा सोही ठाउँका ३४ वर्षिय सुरज बिक, ४० वर्षिय दुर्गा कामी र ५९ वर्षिय पूणर्कली कामी घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता पर्वत केसीले जानकारी दिनुभयो ।

हापुरे बजारबाट खयरभट्टी तर्फ जाँदै गरेको रा.१ ह. ५०३० नम्बरको अटो आईतबार (आज) बेलुका करिब साढे ५ वजेको समयमा सिमगैरामा दुर्घटनामा परेको हो ।

घाईतेहरुको अबस्था सामान्य रहेको र उनीहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । अटो र अटो चालक बर्ष ३५ का पदम वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७९ चैत्र १९ गते आइतवार