२०८१ बैशाख ११ गते मङ्गलवार

नेट जडान गर्ने क्रममा करेन्ट लागेर सल्यानमा एक जनाको मृत्यु



सल्यान, २५ चैत ।
सल्यानमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । दमाचौरमा फाइबर नेट जडान गर्ने क्रममा वर्डलिंक नेटवर्कका कर्मचारीको करेन्ट लागेर मृत्यु भएको हो ।

शारदा नगरपालिका २ डाडाँगाउँ निवासी ४२ वर्षीय प्रलाद शाहको शनिबार (आज) दमाचौरमा नेटको फाइबर तार विस्तार गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

फाइबर लाइन विस्तार गर्न विद्युतको पोलमा सिढि लगाउने क्रममा एक्कासी करेन्ट लागि गम्भीर घाइते भएका शाहलाइ जिल्ला अस्पताल सल्यान ल्याएपछि अस्पतालले मृत घोषणा गरेको हो ।

प्रकाशित मिति : २०७९ चैत्र २५ गते शनिवार