दाङ, २६ चैत ।
प्युठानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । दुर्घटनामा परी दाङको लमही नगरपालिका वडा नम्बर ८ का २५ वर्षिय सत्यनारायण चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
दुर्घटनामा परी गढवा गाउँपालिका वडा नम्बर ६ का २५ वर्षिय प्रकाश चौधरी र प्युठान नगरपालिका वडा नम्बर १ का १४ वर्षिय प्रविन जिसी घाइते हुनुभएको छ । प्युठानको जसपुरदेखि दाङको भालुवाङतर्फ आउँदै गरेको लु ३ च ३८५५ नम्बरको जिप सरुमारानी गाउँपालिका वडा नम्बर ६ मोतिपुरमा दुर्घटनामा परेको हो ।
प्रकाशित मिति : २०७९ चैत्र २६ गते आइतवार