२०८१ जेष्ठ ३१ गते बिहिवार

दाङमा अटो र मोटरसाईकल ठोक्कीदा दुई जना घाईते



दाङ, २९ चैत ।
दाङमा अटो र मोटरसाईकल ठोक्कीदा दुई जना घाईते भएका छन् । दुर्घटनामा परी रूकुम पश्चिमको बाँफिकोट गाउपालिका-१ का २७ वर्षिय रामबहादुर मल्ल र तुलसीपुर -१३ फूलबारीका ४० वर्षिय लाटी चन्द घाइते हुनुभएको छ ।

घाइते दुवै जनाको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ । तुलसीपुरबाट बालापुरतर्फ जाँदै गरेको रा १ ह ३०९८ नम्बरको अटो र विपरीत दिशाबाट आउदै गरेको रा ६ प ५२६१ नम्बरको मोटरसाईकल बुधबार दिउँसो एकआपसमा ठोक्किदा दुर्घटना भएको हो ।

अटो र मोटरसाईललाई प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता पर्वत केसीले जानकारी दिनुभयो

प्रकाशित मिति : २०७९ चैत्र २९ गते बुधवार