२०८० फाल्गुन १३ गते आइतवार

मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते



दाङ, २ बैशाख ।
दाङको तुलसीपुरमा सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक तुलसीपुर १५ का २७ वर्षका सबीन चौधरी र सोही ठाँउका २२ वर्षका राज कुमार चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता पर्वत केसीले जानकारी दिनुभयो ।

गएराति सवा ९ बजे तुलसीपुर बाट मलवार तर्फ जादै गरेको रा ५ प १९०० नंम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो । घाइते दुबै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ॥

प्रकाशित मिति : २०८० बैशाख २ गते शनिवार