२०८१ फाल्गुन ६ गते मङ्गलवार

नारायणपुरमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु



दाङ, २ बैशाख ।

दाङमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । बसको ठक्करबाट घोराही-१२ बरुवा गाउँका १८ वर्षिय बसन्त केसीको मृत्यु भएको हो ।ठक्करबाट गम्भिर घाइते केसीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिनुभयो ।

तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा १ ख ३१२६ नम्बरको बसले घोराही-तुलसीपुर सडकखण्ड अन्तर्गत घोराही-१० नारायणपुरमा आज दिउँसो चार बजेतिर केसीलाई ठक्कर दिएको हो । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०८० बैशाख २ गते शनिवार