दाङ, ४ बैशाख ।
दाङमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । मृतक दुबैको सनाखत हुन बाँकी छ ।
तुलसीपुर(घोराही सडक खण्ड अन्तरगत सोमबार बिहान साढे ११ बजेतिर घोराहीबाट(तुलसीपुरतर्फ जाँदै गरेको लु २ ख ३८१ नम्बरको ट्रकले लु ७३ प ११६२ नम्बरको मोटरसाइकललाई घोराही उपमहानगरपालिका वडा नं। १० स्थित खैरा चोकमा ठक्कर दिएको हो ।
ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले रहेको बताउनुभयो । तर दुवै जनाको सनाखत हुन बाँकी रहेको उहाँले बताउनुभयो ।
दुर्घटनाका घाइतेमध्ये एक जनाको घटनास्थलमै मृत्यु भएको र अर्का घाइतेलाई घोराहीस्थित राप्ती विज्ञान प्रतिष्ठान पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको डिएसपी गौतमले बताउनुभयो ।
दुबै सवारी तीव्र गतिमा भएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
प्रकाशित मिति : २०८० बैशाख ४ गते सोमवार