२०८१ जेष्ठ ९ गते बुधवार

सवारी दुर्घटनामा पाँचजना घाईते



दाङ, २२ बैशाख
दाङमा सवारीका साधन एक आपसमा ठोक्किदा पाँचजना घाईते भएका छन् । घाईते हुनेमा सल्यानको कपुरकोट गाउँपालिका ५ का १९ बर्षिय पिकअप चालक जोगेन्द्र बलाल मगर, पिकअपका सहचालक १५ बर्षिय रविन पुन, पिकअपमा सवार तुलसीपुर ३ राम्रीका १७ बर्षिया शारदा केसी रहनुभएको छ ।

त्यसैगरि सोही ठाउँका लोकबहादुर खत्रीका छोरा १० बर्षिय तेजबहादुर खत्री, तुलसीपुर ९ बेलुवाका ४० बर्षिय मेघराज योगी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता तथा ईन्सपेक्टर पर्वत केसीले जानकारी दिनुभयो ।

घाईतेमध्ये तुलसीपुर ३ राम्रीका खत्री र बेलुवाका योगीको अबस्था गम्भिर रहेको र अन्य ३ जनाकोे अबस्था भने मध्यम रहेको उहाँले बताउनुभयो । मोटरसाईकल चालक योगीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको र अन्यको भने राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको उहाँले बताउनुभयो ।

आज दिउँसो करिब १२ बजेतिर कपुरकोटबाट तुलसीपुरतर्फ आउदै गरेको रा १ च ३२१ नम्बरको पिकअप र विपरित दिशाबाट जाँदै गरेको रा८प १६ नम्बरको मोटरसाईकल तुलसीपुर ३ राम्रीमा एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटना हुँदा पिकअप सडकबाट एकसय मिटर तल खसेर दुर्घटना भएको हो । घटनाबारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८० बैशाख २२ गते शुक्रवार