२०८१ बैशाख ११ गते मङ्गलवार

दाङमा नदीमा डुबेर एक बालकको मृत्यु



दाङ, २७ जेठ ।
दाङमा राप्ती नदीमा डुबेर एक बालकको मृत्यु भएको छ ।लमही नगरपालिका -४ बड्का घुम्नाका १३ वर्षीय राहुल चौधरीको राप्ती नदिमा डुबेर मृत्यु भएको हो ।

शुक्रबार घर नजिकै करिब साढे ५ बजेको समयमा नुहाउँदै गर्दा डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

मृतकको शवलाई अहिले पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २७ गते शनिवार