२०८१ साउन ८ गते बुधवार

रोल्पाबाट दाङ आउँदै गरेको बस दुर्घटना



रोल्पा, २३ साउन ।

रोल्पाको परिवर्तन गाउँपालिकाको बाघमाराबाट दाङको घोराही आउँदै गरेको बस दुर्घटनामा परेको छ ।

सहिद मार्ग अन्तर्गत रोल्पाको त्रिवेणी गाउँपालिकाको वडा नम्बर ७ को रिचि घुम्तिमा ना ५ ख २६१२ नम्बरको बस मंगलबार दिउँसो १ बजेतिर दुर्घटनामा परेको रोल्पाको त्रिवेणी गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर बाँठा मगरले जानकारी दिनुभयो ।

दुर्घटनामा परेकाको उद्धार गरी अस्पताल लैजाने काम भइरहेको उहाँले बताउनुभयो । बसमा करिब १० जना यात्रु रहेको अनुमान गरिएको छ । तर थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरिक्षक प्रकाश भुषालले  जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० साउन २३ गते मङ्गलवार